माहेश्वरी महिला मञ्च र महिला उद्यम समितिको निःशुल्क योग शिविर

<span class='c1'>माहेश्वरी महिला मञ्च र महिला</span> <span class='c2'>उद्यम समितिको निःशुल्क योग शिविर</span>

विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगर र मोरङ व्यापार संघको महिला उद्यम समितिको संयुक्त आयोजनामा त्रिदिवसीय निःशुल्क योग शिविर सम्पन्न भएको छ । दुबै संस्थाले अन्तर्राष्ट्रिय योग दिवसका उपलक्ष्यमा निःशुल्क योग शिविरको आयोजना गरेका हुन् ।

व्यापार संघको सभाकक्षमा भएको शिविरमा न्याचुरोपेथिस्ट डा. हिमांशु देवले योगासन, प्राणायाम र ध्यानको अभ्यास गराएका थिए ।
उक्त अवसरमा डा. देवले न्याचुरोप्याथीको उपचारका बारेमा पनि प्रकाश पारे ।
मञ्चका अध्यक्ष पूनम राठीका अनुसार शिविरमा मञ्चका पूर्व अध्यक्षद्वय सन्तोष बाहेती र रीता महेश्वरी, रोटरी डाउन टाउनका पूर्व अध्यक्ष दीप्ति तोदी, डाउन टाउनकै कमिङ प्रेसिडेन्ट कुसुम चैनवाला लगायत ५० जनाको नियमित सहभागिता थियो ।


माहेश्वरी महिला मञ्च विराटनगरकै आयोजनामा यसअघि न्याचुरोपेथिस्ट डा. देवसित अन्तरक्रिया सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्