बिराटनगर जेसिजको आयोजनामा साताब्यापी तालिम सप्ताह सुरु भएको छ । पहिलो दिनको कार्यक्रम पब्लिक स्पिकिङ र प्रेजेन्टेसन स्किल तालिम सम्पन्न भएको छ । बिराटनगर जेसीजको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीका रुपमा न्युरो कार्डियो तथा मल्टिस्पेसियालिटि अस्पतालका अध्यक्ष डा बिरेन्द्र कुमार बिष्ट रहेका थिए भने बिराटनगर जेसीजको पुर्वअध्यक्ष, बोर्ड , विभिन्न कलेजका बिद्यार्थीहरु तथा नेपाल मेडिकल रिप्रीजेन्टेटिभ एसोसिएसनका सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने कलाको बिकास कसरी गर्ने , सहज रुपमा निर्धक्क भएर आफ्ना धारणा कसरी राख्ने , सहि रुपमा प्रस्तुतीकरण कसरी गर्ने भन्ने बारेमा तालिम प्रदान गरिएको तालिमका मुख्य प्रशिक्षक सेवक बजगाइले जानकारी दिए । तालिमको सह प्रशिक्षकमा सनराइज चौधरी रहेका थिए ।
उक्त अवसरमा आफ्ना बिचार राख्दै प्रमुख अतिथी डाक्टर बिरेन्द्र कुमार बिष्टले जेसीज संग आफू १९७६ देखि नै परिचित रहेको र बिराटनगर जेसीजका संस्थापक अध्यक्ष स्वर्गीय राजेन्द्र बहादुर श्रेष्ठको सामिप्यमा रहेर काम गर्ने अवसर प्राप्त गरेको , जसका कारण सामाजिक जीवनमा अघि बढ्न त्यस बखत सहज भएको बताउँदै युवा अवस्थामा जेसीज जस्ता संस्थाले आफुलाइ अघि बढाउन सघाउ पुर्याउने हुँदा यस्ता संस्थामा सहभागी भएर आफ्नो ब्यक्तित्व निखार ल्याउन सकिने बताएका थिए । बिराटनगर जेसीजका अध्यक्ष अभिनास थापाले भिन्न भिन्न दिनका भिन्न भिन्न तालिम आयोजना गरि युवाहरुलाई नेतृत्व र ब्यक्तित्व बिकासमा अघि बढाउन तालिम आयोजना गरिएको जानकारी दिए ।
NMSRA बिराटनगरका सचिव दिपेन्द्र कार्कीले आफ्ना सदस्यहरुको क्षमता अभिबृद्धी गर्न तालिम आयोजना गरिएको मा बिराटनगर जेसीज परिवारलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा जेसीज र NMSRA बिच सहकार्य गर्दै अघि बढ्ने बिचार ब्यक्त गरेका थिए ।
दोश्रो दिन हामीले जान्नु पर्छ , तेस्रो दिन सुचनाको हक , चौथो दिन व्यावसायिक दक्षता अभिबृद्धी तालिम , पाचौं दिन सामाजिक संजालको प्रयोग तथा फाइनान्सियल जागरुकता तालिम , छैठौ दिन खानपानका क्रममा टेबलमा बस्दा चाहिने बानी सम्बन्धि तालिम र सातौं दिन समापन तथा प्रभावकारी भाषणकला तालिम सम्पन्न हुने बिराटनगर जेसिजका तालिम निर्देशक शिव शंकर मण्डलले जानकारी दिए ।