विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ का लागि ३ अर्ब २८ करोड ५० लाखको अनुमानित बिनियोजन पेस गरेको छ ।
विराटनगर महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले वार्षिक नीति तथा कार्यक्रम र बजेट आइतबार नगरसभामा प्रस्तुत गरेकी हुन् ।
महानगरले चालू खर्चतर्फ १ खर्ब ५९ करोड ८३ लाख २५ हजार, पूँजिगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार अनुमानित बजेट छुट्याएको छ ।
महानगरले वित्तीय समानिकरण संघीय सरकार ३४ करोड, प्रदेश सरकार २ करोड ४० लाख ८८ हजार, राजश्व बाँडफाँड मुल्यअभिबृद्धी कर र अन्तःशुल्क २० करोड ७४ लाख, घरजग्जा रजिष्ट्रेशन दस्तुर ५५ करोड, सवारीसाधन कर ४ करोड ८ लाख ५६ हजार, मनोरन्जन कर ४१ लाख आम्दानी गर्ने अनुमान गरिएको छ । शिर्षकको आन्तरिक राजश्वतर्फ ९९ करोड ५० लाख अनुमान गरिएको छ ।
यसैगरी संघीय सरकार शशर्त अनुदान ७७ लाख ७८ हजार, विशेष अनुदान ६ करोड, समपुरकतर्फ ६० लाख तथा प्रदेश सरकारको शशर्त अनुदान चालू १ करोड ३३ लाख र पूँजीगत ७८ लाख ७५ हजार अनुमानित आय अनुमान गरिएको छ । यसैगरी अन्य संघसंस्था ३ करोड, आन्तरिक ऋण नगर विकास कोष १० करोड, जनसहभागिता २ करोड रहेको छ ।