चालु भन्दा ९० करोडले घट्यो आगामी वर्षका लागि विराटनगरको बजेट

<span class='c1'>चालु भन्दा ९० करोडले घट्यो</span> <span class='c2'>आगामी वर्षका लागि विराटनगरको बजेट</span>

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷२०८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपिँयाको कुल व्यय अनुमान प्रस्तुत गरेको छ । महानगरपालिका उपप्रमुख शिल्ला निराला कार्कीले आइतबार नगरसभामा कुल व्यय, मुख्य कार्यक्रम र स्रोत व्यवस्थापनका लागि अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो । आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट चालु आर्थिक वर्षभन्दा ८९ करोड ४० लाख ९८ हजार कम हो ।

आगामी वर्षका लागि महानगरपालिकाले चालु खर्चतर्फ १ अर्ब ५९ करोड ८३ लाख २५ हजार र पूँजीगत खर्चतर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार बजेट प्रस्तुत गर्नु भएको छ । प्रशासनिक खर्चतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ९६ लाख ८१ हजार बिनियोजन गरिएको छ ।

यसैगरी सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड २० लाख ४४ हजार, रहेको छ । जसमा स्वास्थ्यतर्फ १३ करोड ६७ लाख, शिक्षातर्फ ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड ५ लाख र वातावरण विपद् व्यवस्थापनतर्फ २ करोड ७२ लाख रुपिँया खर्च हुने अनुमान गरिएको छ ।

यसैगरी वडास्तरीय आयोजनाका लागि ३८ करोड, नगरस्तरीय आयोजनाका लागि २० करोड, बहुवर्षीय तथा गौरवका आयोजना एवं क्रमागत योजनाको भुक्तानीका लागि ६५ करोड, सडक मर्मतका लागि १० करोड, सडक बत्तितर्फ १ करोड ५३ लाख ७५ हजार, अन्य पूर्वाधारतर्फ २६ करोड ३७ लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ६५ लाख र समपुरक कोषका लागि २ करोड बिनियोजन गरिएको छ ।

व्यय अनुमानलाई खर्च व्यहोर्ने स्रोतमा संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ एक अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारतर्फ ४ करोड ५१ लख ६३ हजार, बाँडफाँड प्राप्त राजस्वतर्फ ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आयतर्फ ९९ करोड ५० लाख, जहसहभागितातर्फ १० करोड, आन्तरिक ऋणतर्फ १० करोड, संघसंस्थातर्फ ३ करोड र नगद मौज्दात २ करोड हुने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षको संशोधित कुल अनुमानित आय ४ अर्ब १७ करोड ९ लाख ९८ हजार अनुमान गरिएको एघार महिनामा यथार्थ आय २ अर्ब ८६ करोड ८३ लाख ८० हजार ४१ रुपिँयामा मात्रै भएको छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख कार्कीले चालु आर्थिक वर्षका ११ महिनामा २ अर्ब २४ करोड ८२ लाख २९ हजार ६७ रुपिँया कुल व्यय भएको उल्लेख गर्नु भएको छ । जसमध्ये पूँजीगततर्फको कुल व्यय २ अर्ब २७ करोड ७८ लाख २८ हजार ९ सयमा अनुमान गरिएकोमा ९० करोड १९ लाख ६ हजार ६७८ खर्च भएको उल्लेख छ । यसैगरी चालु खर्चतर्फ १ अर्ब ८४ करोड ३१ लख ६९ हजार १ सय अनुमान गरिएकोमा १ अर्ब २९ करोड ८९ लाख ४० हजार ७२२ खर्च भएको छ । वित्तीय खर्चतर्फ ५ करोड अनुमान गरिएकोमा ४ करोड ७३ लाख ८१ ह्जार ६६५ भएको छ ।

चालु आर्थिक वर्षका लागि आन्तरिक राजस्वतर्फ एक अर्ब ६४ लाख रुपिँया अनुमान गरिएको एघार महिनाको अवधीमा ५१ करोड ६५ लाख ९४ हजार ९१९ रुपिँया आय संकलन भएको छ । यसैगरी राजस्व बाँडफाँटतर्फ ९५ करोड ५५ लाख ५७ हजार अनुमान गरिएकोमा ३५ करोड २३ लाख ५ हजार ९७७ आय भएको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण संघीय सरकारतर्फ १ अर्ब ३५ करोड २९ लाख ६ हजार अनुमान गरिएकोमा एक अर्ब २९ करोड ५८ लाख ६ हजार प्राप्त भएको छ । यसैगरी प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ ९ करोड ४० लाख ४६ हजार अनुमान गरिएकोमा ७ करोड २० लाख ३५ हजार ११५, संघसंस्थातर्फ ३ करोड ५६ लाख अनुमान गरिएकोमा २ करोड २९ लाख, नगरविकास कोष सापटीवापत ८ करोड ५३ लाख अनुमान गरिएको थियो । यो सापटी रकम महानगरपालिकाले आगामी वर्षका लागि लिने शिर्षकमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्