प्राण साट्न खोजेको नागरिकता पाए निरजले

<span class='c1'>प्राण साट्न खोजेको</span> <span class='c2'>नागरिकता पाए निरजले</span>

विराटनगर । सर्वोच्च अदालत परिसरमा नागरिकताविहीन हुनुको पीडा पोखेका मोरङ कटहरी गाउँपालिका–४ नयाँ बजारका २६ वर्षीय निरज कामतले जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता प्राप्त गरेका छन् । जन्मका आधारमा नागरिकता लिएका बाबुआमाका सन्तानलाई बंशजको नागरिकता दिने कानुन बनाउन राजनीतिक खिचातानी हुँदा त्यसको मार खेपेका निरजले सर्वोच्च अदालत अगाडी देहत्याग्ने असफल प्रयास गरेका थिए ।

उनै निरजले मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवमार्फत सोमबार नागरिकता प्रमाण पत्र बुझ्ने अवसर पाएका छन् । जन्मको आधारमा नागरिकता पाएका बुबा किसुनदेव कामत र वंशज नागरिकता प्राप्त गरेकी आमा गुलाबदेबी चौधरीकी जेठो छोरा निरजले वंशज नागरिकता प्राप्त गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरूद्धमा परेको रिटका आधारमा सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेपछि नागरिकता ऐन कार्यान्वयन हुन सकेको थिएन । त्यसको विरोधमा कामतले सर्वोच्च अदालत परिसरमा दवाव सिर्जनाका लागि आफ्ना शरिरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरे ।

सर्वोच्च अदालतमा परेको रिट टुंगिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सोमबारबाट जन्मको आधारमा नागरिकता प्राप्त गरेकाका छोराछोरीलाई नागरिकता वितरण सुरू गरेको छ । यो अध्यादेश तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक मर्यादा विपरित होल्ड गरेर राखेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्