प्रदेशसभा पेश गर्ने प्रस्ताव फेल गराउने गठबन्धन दलको निर्णय

प्रदेशसभा पेश गर्ने प्रस्ताव फेल गराउने गठबन्धन दलको निर्णय

विराटनगर । गठबन्धन दलले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत सम्बन्धी पेश गर्ने प्रस्तावलाई ‘फेल’ गराउने निर्णय गरेको छ ।

गठबन्धन दलले मुख्यमन्त्री कार्कीले विश्वासको मत प्रयोजनका लागि गर्ने प्रदेशसभा पेश गर्ने प्रस्ताव ‘फेल’ गराउने निणर्य गरेको हो ।
असार १४ गते विशेष अधिवेशन आह्वान गर्न सिफारिस भएसँगै रणनीति बनाउन सोमबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का कोसी प्रदेश संसदीय दलका नेता, प्रमुख सचेतक, सांसद तथा पार्टी नेतृत्वको संयुक्त बैठक बसेको हो ।

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीले ल्याउने विश्वासको मत सम्बन्धी प्रस्ताव फेल गराउने र गठबन्धन दलकै नेतृत्व अनि सहभागितामा नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्ने निणर्य भएको जानकारी दिएका छन् । सरकारबाट विशेष अधिवेशन आह्वान भई असार १४ गते विश्वासको मत लिने भन्ने जानकारी प्राप्त गरेको तर मुख्यमन्त्रीले विश्वासको मत प्राप्त नगरेसँगै गठबन्धन दलले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्ने कार्कीले जानकारी दिए । सरकारको नेतृत्व कसले लिने भन्ने तय हुने तर जसले लिएपनि विवाद नभएको उनले बताए ।

गठबन्धनको बैठकमा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा, प्रमुख सचेतक भुपेन्द्र राई, सांसद केदार कार्की, कांग्रेस केन्द्रीय प्रदिप सुनुवार, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र बहादुर आङ्बो, सांसद जीवन आचार्य र जसपा संसदीय दलका नेता निर्मला लिम्बूलगायत सहभागी थिए । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्की अल्पमतमा परेका छन् ।

अल्पमतमा परेपछि कार्कीले जारी बजेट अधिवेशन अन्त्य गर्दै जेठ ३२ गते अध्यादेश मार्फत प्रदेश सरकारको बजेट ल्याएका थिए । सभामा जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । नियमित अधिवेशन आह्वान गर्दा सभामा बजेट अध्यादेश पेश गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्