विराटनगर । प्रदेश १ पुनः नामाकरण संघर्ष समितिले सरकारसँग वार्ता नबस्ने भएका छन् ।
फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै आन्दोलनरत संघर्ष समितिले विज्ञप्ति जारी गर्दै आज अर्थात बुधबार विराटनगरमा हुने भनिएको वार्तामा नबस्ने जनाएको हो ।
एउटै मिति , स्थान र उही समयमा अर्को पक्षसङ्ग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपुर्ण भएको भन्दै संघर्ष समितिले वार्ताको वातावरण नभएसम्म वार्तामा नबस्ने जनाएको छ ।
वार्ता स्थगन नगरिएको तर वार्ताको नाममा प्रदेश सरकारले राजनीति सुरु गरेको किराँत याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापो बताउछिन ।
यो अन्योलताको जिम्मेवारी प्रदेश सरकार हुनुपर्नेमा जोड दिँदै उनले भनिन" हामी वार्ताको साथ आन्दोलनलाई लाने छौँ ।" प्रदेश सरकारले नागरिक उन्मुक्ति पार्टीलाई पनि आजै वार्ताका लागि बोलाएको छ । जुन अन्यौलपुर्ण भएको संघर्ष समितिको भनाई छ ।
आन्दोलनको नाममा राजनितीकरण गरिएको समेत आरोप लगाउदै उनीहरु भन्छन," आफ्नो सभ्यता र पहिचानको विषयमा राजनीति गर्नु उचित होइन ।"
फोटो:फाइल