कोशी प्रदेश : मन्त्री राजभण्डारी विरुद्धको मुद्दाको पेसी पहिलो नम्बरमा

<span class='c1'>कोशी प्रदेश : मन्त्री राजभण्डारी</span> <span class='c2'>विरुद्धको मुद्दाको पेसी पहिलो नम्बरमा</span>

विराटनगर । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्विकुमार राजभण्डारीविरुद्धको अदालतको अपहेलना गरेको मुद्दामा आज सुनुवाई हुने भएको छ ।

न्यायधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुनेछ । न्यायधीशद्वय थारु र गुप्ताको संयुक्त इजलासमा आज (बुधबार) उक्त मुद्दाको पेसी पहिलो नम्बरमा तोकिएको हो ।

मंगलबार अधिवक्ता उद्ववचन्द्र घिमिरे र रजिस्ट्रार जितेन्द्रबाबू थपलियाले उच्च अदाल विराटनगरमा अपहेलना मुद्दामा रिट निवेदन दायर गरेका थिए ।
गत असार १० गते विराटनगरस्थित शिक्षा दीप कलेजको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री राजभण्डारीले उच्च अदालतले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवले पैसा दिएकै भरमा न्यायाधीशले आदेश गरेको आरोप लगाएका थिए । उनले न्यायाधीशलाई फटाहा र कलंकको संज्ञासमेत दिएका थिए ।

मन्त्रीले राजभण्डारीले दिएको अभिव्यक्ति नेपालको संविधानको धारा १३६ न्याय प्रशासन २०७३ को दफा १७ बमोजिम अदालतको अपहेलनाको बनेको जाहेरीमा उल्लेख छ । कोशी प्रदेश सरकारको गत जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई बर्खास्त गर्ने निणर्य गरेको थियो । उक्त निणर्यविरुद्ध भोलीपल्ट नै वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।

उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निणर्य कार्यान्वयन नगर्न जेठ ५ गते अन्तरिम आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्