कोशी प्रदेश : मन्त्री राजभण्डारीलाई पाँच दिनभित्र उच्च अदालतमा आफैँ उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश

<span class='c1'>कोशी प्रदेश :  मन्त्री राजभण्डारीलाई पाँच दिनभित्र उच्च</span> <span class='c2'>अदालतमा आफैँ उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश</span>

विराटनगर । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्विकुमार राजभण्डारीलाई पाँच दिनभित्र उच्च अदालतमा आफैँ उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।

न्यायधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधबार मन्त्री राजभण्डारी विरुद्ध अदालतको अपहेलना गरेको मुद्दामा असार २० गते दिनको ११ बजे अदालतमा उपस्थिति भएर लिखित जवाफ पेश गर्न आदेश दिएका हुन् ।

मंगलबार अधिवक्त उद्धबचन्द्र घिमिरे र रजिस्ट्रार जितेन्द्रबाबु थपलियाले उच्च अदाल विराटनगरमा अपहेलना मुद्दामा रिट निवेदन दायर गरेका थिए । आज न्यायाधीशद्वय थारु र गुप्ताको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी पहिलो नम्बरमा तोकिएको थियो ।

निवेदक उच्च अदालतका रजिष्टार जितेन्द्रबाबु थपलियाको तर्फबाट वरिष्ठ अधिवक्ताहरु हेमराज पराजुली, डिल्ली बहादुर कार्की, हेमराज पन्त, अधिवक्ताहरु शिव प्रसाद आचार्य, देवेन्द्र कोइराला र विश्वराम भट्टराईले पैरवी गरेका थिए ।

न्यायाधीशले पैसा खाएर स्टेअर्डर दिएको विवादित अभिव्यक्तिको दिएपछि राजभण्डारी विरुद्ध उच्च अदालतमा रिट निवेदन दर्ता मुद्दा भएको हो । गत असार १० गते विराटनगरस्थित शिक्षा दीप कलेजको एक कार्यक्रममा बोल्दै मन्त्री राजभण्डारीले उच्च अदालतले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवले पैसा दिएकै भरमा न्यायाधीशले आदेश गरेको गम्भीर आरोप लगाएका थिए । उनले न्यायाधीशलाई फटाहा र कलंकको संज्ञासमेत दिएका थिए । मन्त्रीले राजभण्डारीले दिएको अभिव्यक्ति नेपालको संविधानको धारा १३६ न्याय प्रशासन २०७३ को दफा १७ बमोजिम अदालतको अपहेलनाको बनेको जाहेरीमा उल्लेख छ ।

कोशी प्रदेश सरकारको गत जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध भोलीपल्ट नै वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न जेठ ५ गते अन्तरिम आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्