कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (बिहीबार) विश्वासको मत लिँदैछन्। त्यसका लागि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। तर उनको पक्षमा बहुमत नपुगे के हुने भन्ने अन्योल देखिएको छ।

नेकपा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री कार्कीले सहज रुपमा विश्वासको मत पाउने अवस्था देखिँदैन। मुख्यमन्त्रीले विश्वासको मत नपाए अर्को दललाई बहुमत जुटाएर सरकार गठन गर्न पनि अप्ठ्यारो छ।

९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीलाई एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना प्रदेशसभा सदस्यको समर्थन छ। तर सरकार टिकाइराख्न ४७ सदस्यको समर्थन चाहिन्छ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एकजना गरी ४७ सदस्य छन्। तर सभामुख माओवादी केन्द्रका बाबुराम गौतम छन्।

दुवैतर्फ बराबरी मत भएको अवस्थामा बाहेक सभामुखले मतदान गर्न पाउँदैनन्। एमाले र राप्रपाका कुनै प्रदेशसभा सदस्य अनुपस्थित भएको अवस्थामा सभामुखले मतदान गर्न नपाउने भएकाले नयाँ बन्ने सरकारले पनि विश्वासको मत पाउने अवस्था देखिँदैन।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्