‘तपाई, हाम्रो अनि विराटनगरको ओबी’ आज १२ औं वर्षमा प्रवेश

<span class='c1'>‘तपाई, हाम्रो अनि विराटनगरको ओबी’</span> <span class='c2'>आज १२ औं वर्षमा प्रवेश</span>

प्रकाशकीय
बाह्र वर्ष अगाडी २०६८ असार १५ गते दहि चिउरा खाएर सुरु गरिएको आवर विराटनगर आफ्नो यात्रामा अबिराम छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाको भवनको एउटा हलमा सिमित व्यक्तिबीच सुरुवात गरिएको पूर्वाञ्चलको पहिलो अनलाइन मिडियाको आधार क्षेत्र भने विराटनगरलाई रोजिएको थियो ।
समाचार, सूचना, लेख–रचना तथा जानकारीमूलक सामाग्री प्रकाशन गर्दै आएको अनलाइन मिडियाले विश्वसँग विराटनगरलाई निरन्तर जोड्ने काम गर्दै आएको छ ।
यो मानेमा पनि त्यो दाबा पुगिरहेको छ की, हामीसँग भरपर्ने पाठक विराटनगरसँगै विश्वका विभिन्न कुनामा पुगेर पनि ओबी मिडियाप्रतिको विश्वास र भरछ ।
विराटनगरवासीले आवर विराटनगरप्रति अपनत्व लिदैं आएका छन् । एक मात्रै अनलाइन मिडिया जसले विराटनगरलाई सधैं सुचनामा पछ्याउँछ र नागरिक–सरकारको पुलको काम गरिरहेको छ । भनौं की आवर विराटनगरसँग जोडिएको प्रेम र नाता चित्त नबुझे गालीमायाबाट दर्शाउने अधिकार प्राप्त पाठक हामीसँग छन् । हाम्रो सम्पति पनि यहि हो । जसले अपनत्व लिन्छ, उसैलाई माया हुन्छ र गाली गर्नुपर्ने हकपनि सुरक्षित हुन्छ । त्यसैले विराटनगरको ब्राण्ड इमेज आवर विराटनगर अनलाइनले लिन सकेको छ ।

ओबी मिडिया प्रा.लि. सूचना सम्प्रेषणका हिसाबले मात्रै नभई यो सूचना प्रविधिका क्षेत्रका विभिन्न विधाको पूर्ण ज्ञानसीप भरिएको टिमले भरिएको संस्था हो । आवर विराटनगरबाट सूचना सम्प्रेषण गरिन्छ । त्यस बाहेक विभिन्न इभेन्टस्, वेव डेभलपमेन्ट, डिजिटल मार्केटिङ, भिडियो अडियो तथा ग्राफिक्स विज्ञापन लगायतको क्षेत्रमा समेत ओबी मिडिया प्रा.लि. ले कम्प्लेट प्याकेज दिइरहेको छ । यसले थुप्रै व्यवसायिक विज्ञापन तथा ​क्याम्पेन सञ्चालन गर्दै आएको छ ।
शैक्षिक क्षेत्रमा ओबी लनिङ्ग स्टुडियो र अनलाइन मार्टको लागि ओबी पसल समेत सञ्चालनमा ल्याएर आफ्नो व्यवसायिक दक्षतासँगै सामाजिक उत्तरदायित्वको अनुभव लिएको छ । दैनिक सिक्ने क्षेत्र खोज्नु हाम्रा लागि नयाँ अध्ययनको क्षेत्र पनि बन्दै आएको छ ।
यी बहुआयमिक क्षेत्रमार्फत विराटनगरको छुट्टै सामाजिक सञ्जाल खडा गर्ने उद्देश्य राखिएको ओबीले जनताको आवाज गुनासोलाई सम्बन्धित सरोकारवालासम्म पु¥याउँदै आएको छ । सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्विटर, इन्स्ट्राग्राम, युट्यूबबाट विश्वसम्म जानकारी पु¥याउँदै आएको छ । व्यसायिक रुपमा पूर्ण मानिएको ओबीको दैनिक वेवसाइड भिजिट ४५ हजार माथि छ भने अन्य सामाजिक संजालको रिच दैनिक २ लाख रहेको छ । सामाजिक सञ्जालमा ५ लाख जना जोडिएका छन् ।

आवर विराटनगरले प्राकृतिक विपत तथा कोभिड महामारीमा समेत आफ्नो जनता सामु सुचना पुर्याउने कर्तव्यलाई अंगाली कर्तव्यनिष्ठ रहि निरन्तर सूचना सम्प्रेषण गरिराखेको छ । ‘नागरिक पत्रकारिता’ लाई आफ्नो मूल अस्त्र बनाइ नागरिक स्तरबाट सुचना प्राप्त गरि लगातार जनताको आवाज बनिरहेकोले नै ‘ओबी’ आज सबैको प्रिय र आवाज बिहिनको आवाज बन्न सफल भएको छ ।
जनताको प्रिय बन्ने अर्को उपलब्धि भनेको ओबिले सामाजिक उत्तरदायित्व वहन गर्दै आफ्नो सामाजिक सञ्जालबाट रगतको माग, मानिस हराएका सुचना, सामान हराएको सुचना, घरपालुवा जनावर हराएको सुचना सहितका सामग्री लगातार निःशुल्क प्रकाशन गर्दै आएको छ । धेरै मेनस्ट्रेम मिडियाको भन्दा फरक संचालन तथा समाचार सम्प्रेषण बिधिको कारण पनि आवर विराटनगर विराटनगरमा मात्रै हैन देशमै एउटा नमुना अनलाइन भनेर चिनिदै आएको छ ।
आगामी दिनमा पनि एकरत्ति पनि बिचलित नभईकन जनताको साना ठुला सबै समस्यामा साथ रही निरन्तर सूचना सम्प्रेषण गर्दै जाने लक्ष्य आवर विराटनगरले लिएको छ । तपाइँ, हाम्रो अनि विराटनगरको आवर विराटनगर आज १२ औ बर्षको भएको छ , आगामी दिनमा पनि यसरी नै माया गर्दै जानुहुनेछ भन्ने कुरामा हामी ढुक्क छौ । साथ दिने सम्पूर्णलाई नमन ।
                                                                                                                  सरोज लम्साल
                                                                                                                        निर्देशक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्