विराटनगरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

<span class='c1'>विराटनगरमा कोशी प्रदेश स्तरीय</span> <span class='c2'>ब्याडमिन्टन प्रतियोगिता सुरु</span>

विराटनगर । प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा सुरु भएको छ । विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो ।


४ विधामा हुने प्रतियोगिताको पहिलो दिन १० जना सेमिफाइनल र २० जना प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताअन्तर्गत मेन्स सिंगलतर्फ सुप्रिम पन्तले सुवास भट्टराईलाई र विनय चौधरीले सुचक खड्कालाई पराजित गरे भने रोधन राई र नवीन सिलवालले वाक ओभर पाउँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मेन्स डबल्सतर्फ शशी चौधरी र यशवन्त विक्रम शाहको जोडीले वाक ओभर पाए भने प्रकाश राई र नवीन सिलवालको जोडीले नारायण श्रेष्ठ र प्रदीप श्रेष्ठको जोडीलाई र मन्दीप घले र लाक्पा शेर्पाको जोडीले रमेश घिमिरे र जितेन्द्र सुवेदीको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेका छन् ।
त्यस्तै, मेन्स डबल्सतर्फ मुनाहाङ राई र नवीन राईको जोडीले दिनेश पन्त र ज्योती हाङ राईलाई पराजित गरे भने नारायण श्रेष्ठ र प्रदीप श्रेष्ठको जोडी र रमेश घिमिरे र जितेन्द्र सुवेदीको जोडीले वाक ओभरका आधारमा प्रि–वाटरफाइनलमा प्रवेश गरेका छन् ।


४५ वर्षमाथिको मास्टर डबल्स पूर्ण बुढा र भजनलाल चौधरीको जोडीले भूपाल राना मगर र अमृत मल्लको जोडीलाई, डिल्लीराम डाँगी र विकास श्रेष्ठको जोडीले अशोक भूजेल र खगेन्द्र तिम्सिनाको जोडीलाई, ज्ञानेन्द्र भट्टराई र राम बुढाथोकीको जोडीले उमेश राई र किरणकुमार ताम्राकारको जोडीलाई, दिनेश चौधरी र नुनुलाल चौधरीको जोडीले किरणसिंह बस्नेत र मनोज लाखेको जोडीलाई, यशवन्तविक्रम शाह र धनकुमार श्रेष्ठको जोडीले पुनम दाहाल र देवनारायण मण्डलको जोडीलाई पराजित गरे भने शिवकुमार धिमाल र सुदीप पोखरेलको जोडी तथा जीवन बोगटी र शिखर श्रेष्ठको जोडीले वाक ओभर पाउँदै प्रि–क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
असार १६ गतेसम्म हुने प्रतियोगितामा मेन्स सिंगल, मेन्स डबल्स, मास्टर ४५ वर्षमाथि र मास्टर ६० वर्षमाथिका प्रदेश भरबाट १ सय बढी खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगिताको मेन्स सिंगल र मेन्स डबल्सका प्रथमले २५ हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार, मास्टर ४५ र ६० वर्षमाथिका प्रथमले १५ हजार, द्वितीयले १० र तृतीयले ६ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् । कार्यक्रमकी प्रमुख अतिथि प्रदेश खेलकुद बोर्ड कोशी प्रदेशकी उपाध्यक्ष जिन कार्की, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्यद्वय लवभक्त श्रेष्ठ र विनोद डाँगी तथा आयोजक क्लबका अध्यक्ष किरणसिंह बस्नेत लगायतले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्