विराटनगर । विराट नर्सिङ होम (विराटनगर अस्पताल) का सुरक्षागार्डले बाहिरका फार्मेसीका कर्मचारीलाई भित्र प्रवेशमा रोक लगाएपछि बाहिरका फार्मेशी आन्दोलनमा उत्रिएका छन् ।
बिहीबार दिउँसो एवान फार्मेसीका कर्मचारी प्रितम तामाङलाई विराट नर्सिङ होमका सुरक्षा गार्डले हस्पिटल भित्र प्रवेशमा रोक लगाएपछि बाहिरका फार्मेशीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
हस्पिटलले सिण्डीकेट कायम गर्न खोजेको भन्दै बाहिरका फार्मेसीहरु एक जुट भएर विरोध गरेका हुन् । अस्पतालमा भर्ना भएका विरामीले आफुखुसी रुपमा औषधी किन्न पाउनुपर्छ । तर, अस्पताल प्रशासनले भित्रको फार्मेशीमा मात्र औषधी खरिद गरिनुपर्ने नियम बनाएर बाहिरका फार्मेशीका कर्मचारीलाई भित्र प्रवेश गर्न रोक लगाएको नुर फार्मेसीका संचालक गौरव साहले बताए ।
विरामी दिदिलाई औषधी पुर्याउन जाँदा हस्पिटलका गार्डले घाटीमा समाएर बाहिर निकालेको पिडित प्रिमत तामाङले बताए । हस्पिटल बाहिरका फार्मेशीहरुले आज शुक्रबार पनि एक जुट भएर पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
यता नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले सार्वजानिक स्थलमा खोलिएको हस्पिटल भित्र जोसुकै प्रवेश गर्न पाउनुपर्ने बताए । यता हस्पिटलका प्रशासन प्रमुख पदम विडानीले भने बाहिरका फार्मेसीहरुले औषधी खरिद गरेवापत पारदर्शी विल नदिएकाले विरामीहरु मारमा परेका छन् । बाहिरका फार्मेसीबाट औषधी खरिद गरेका विलहरुमा औषधी र रकम तलमाथी भई विरामीले पटक पटक गुनासो गरेपछि अस्पतालले बाध्यभएर बाहिरका फार्मेसीहरुलाई यो कार्य अगाडी सारेको अस्पताल प्रसासनले जनाएको छ ।
यता प्रसासनले फार्मेसी संचालकहरुसँग पनि पटक पटक बार्ताको लागी बोलाएको तर उपस्थिती नभएको हस्पिटलले जनाएको छ । औषधी व्यावसायीहरु भने बाहिर पसलमा बसेर बार्ता लाभ राख्नुपर्ने माग राख्दै आईरहेका छन् ।