एस्पायरमा बृक्षारोपण गर्दै मनाइयो असार १५

<span class='c1'>एस्पायरमा बृक्षारोपण गर्दै</span> <span class='c2'>मनाइयो असार १५</span>

विराटनगर १४ मा अवस्थित एस्पायर कलेजमा असार १५ को अवसरमा वृक्षारोपण गरिएको छ । ठूलो क्षेत्रफलमा फैलिएको कलेजको क्षेत्रमा वृक्षारोपण गरिएको छ । सो कार्यमा कलेज प्रशासन ,विधार्थी र कर्मचारीले वृक्षारोपण कार्यमा सहभागी भएका थिए । वृक्षारोपण पश्चात् दहि चिउरा खाएर कार्यक्रमलाई समापन गरिएको थियो ।

असार १५ का अवसरमा वृक्षारोपण गर्नुको उदेश्य बारे प्रष्ट पार्दै कलेजका प्रमुख चिन्तामणी बस्नेतले पहिलो ब्याचका विधार्थी रहेका , उनिहरुको चिनारी अनन्तकाल सम्म रहोस , बाताबरण सरक्षणका लागि समेत सघाउ पुग्ने र कलेजको बाताबरण समेत हराभरा रहने कारणले वृक्षारोपण गरिएको हो । साथै सो अवसरमा विधार्थीहरुले रोपेका बिरुवालाई आफ्नै नाम दिएर संरक्षणका लागि समेत लाग्ने गरि वृक्षारोपण गरिएको हो ।

कलेजले विभिन्न अवसरमा शिक्षण कार्य सगै अतिरिक्त कृयाकलापमा समेत विशेष ध्यान दिएर नयाँ पन दिदै विभिन्न कार्यक्रम आयोजना गरेर विधार्थीको ज्ञानको दायरा फराकिलो पार्ने कार्यमा अग्रसर रह्ने गरेको छ ।

काठमाडौ बिश्वबिधालयको साझेदारीमा संचालित एस्पयार कलेजमा होटल म्यानेजमेन्ट र बि टेक एड आइ टि का कक्षाहरु संचालनमा छन र नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया समेत खुला गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्