लायन्स क्लब युनिकद्धारा विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्त्रण

लायन्स क्लब युनिकद्धारा विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्त्रण

विराटनगर । लायन्स क्लव अफ विराटनगर युनिकले विराटनगरको एक विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्त्रण गरेको छ ।

लायन बर्ष २०२३÷२०२४ को पहिलो दिन जुलाई १ तारिकको अवसरमा क्लवले विराटनगर ५ मा रहेको श्री आधारभुत विद्यालयलाई उत्त सामाग्री हस्तान्त्रण गरेको हो ।
क्लवले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई शुद्ध पिउने पानीको लागी वाटर प्युरी फाएर र स्टेसनरीका सामाग्री हस्तान्त्रण गरेको लायन्स क्लब अफ विराटनगर युनिकको अध्यक्ष रमेश कुमार राउतले जानकारी दिनु्भयो ।

कार्यक्रममा प्रमुख अथिति डिस्ट्रीक गभर्नर बिजयहरी शर्मा र बिशिष्ट अतिथी पास्ट डिस्ट्रीक गभर्नर लिला कुमार ढुङ्गेलको उपस्थिति रहेको थियो । यस अघि पनि क्लवले विराटनगरमा विभिन्न स्थानमा पुगेर सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्दै आएको क्लवकी सदस्य सरस्वती ओझाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्