विराटनगर । विराटनगर १ मा रहेको मिरर मेकअप स्टुडियोको आयोजना तथा विराटनगर महानगरपालीकाको आर्थिक सहयोगम व्युटिपार्लर सम्बन्धी एक महिने सिपमुलक तालिम सम्पन्न भएको छ ।
वेरोजगारी गृहणी महिला तथा व्युटिपालर सम्बन्धी तालिम लिन ईच्छुक महिला दिदिबहिनीहरुको लागी विराटनगर १ मा रहेको मिरर मेकअप स्टुडियोले १ महिने तालिमको आयोजना गरेको थियो ।
गत जेठ ८ गतेबाट सुरुभएको तालिम हिजो शनिबार सम्पन्न भएको थियो । तालिमको समापन कार्यक्रममा विराटनगर महानगरपालीकाकी उप प्रमुख शिल्पा निरला कार्कीले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेकी थिईन् ।
एक महिने तालिममा विराटनगर वडा नम्बर १ का गृहणी तथा अन्य महिला गरी २५ जनाले तालिम लिएको मिरर मेकअप स्टुडियोकी संचालिका तथा प्रशिक्षक ईर्शा पौड्याल (ढकाल) ले जानकारी दिईन् ।
त्यसैगरी वडा नम्बर १ का वडा अध्यक्ष काजी वहादुर बस्नेत कार्यपालीका सदस्य खुस्वु विक वडा सदस्यहरुको समेत उपस्थित रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी तथा अन्य अतिथीहरुले तालिममा सिकेका सिपहरुलाई अब व्यावहारिक रुपमा लागु गर्न समेत शुभकामना दिए । महानगरले घर मै बसेका वेरोजगारी महिलाहरुलाई विभिन्न सिपमुलुक तालिमहरु प्रदान गदै आएको उनीहरुले जानकारी गराए ।