विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनको अध्यक्षमा रोटेरीयन विकास राठी चयन भएका छन् ।
विकास सो क्लबका ८ औँ अध्यक्षमा चयन भएका हुन् ।
हैंड ओवर टेक ओवर बैठकबाट विराटनगर फ्युजनको अध्यक्षमा राठी चयन भएको विराटनगर फ्युजनको निवर्तमान अध्यक्ष स्वेता तोदीले जानकारी दिइन्।
फ्युजनको हैंड ओवर टेक ओवर कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का रिजन एरिया गवर्नर रोटेरीयन सपना रिजाल र रोटेरीयन रामअवतार अग्रवालको उपस्तिथी रहेको अध्यक्ष रोटरीअन विकास राठीले बताए ।
रोटरी क्लब इनटरनेशन्ल ३२९२ को २०२३-२४ को स्लोगन क्रीएट होप इन द वर्ल्ड रहेको छ। रोटरी क्लब अफ विराटनगर फ्युजनको उदेश्य भने हैप्पी स्कुल बनाउने, सीप तालिम दिएर जागिर लगाईदिने प्रयास गर्ने, गर्दै आएको साइक्लोथोन इभेनट सञ्चालन गर्ने, समाजमा घट्ने आपत विपदमा सहयोग पुर्याउने र विभिन्न सामाजिक कार्य गर्ने रहेको रोटरी क्लब अफ विराटनगर फ्युजनले जनाएको छ
नयाँ समितिको सचिवमा शालिनी मुरारका र कोषाध्यक्षमा आशिष अग्रवाल चयन भएका हुन् । रोटरिमा अध्यक्षसहित नयाँ समितिको कार्यकाल जुलाई १ अर्थात् असार १६ गतेबाट शुरु हुने गरेको अध्यक्ष रोटरीअन विकास राठीले बताए ।