विराटनगर । विराटनगरको रंगेली रोडमा रहेको गोल्डेल अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सुनसरीको भोक्राहा नर्सिङ्ग गाँउपालिका वडा न. ५ को नयाँ भवनमा शनिबार १ दिने नि:शुल्क स्वास्थ्य शिविर गरेको हो ।
स्वास्थ्य शिविरमा गोल्डेन अस्पतालका वरिष्ठ फिजिसियन डा. श्याम कुमार रौनियार ,वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.अजय महतो, स्त्री रोग विशेषज्ञ डा. प्रकृती आर्चाय , बाल रोग विशेषज्ञ डा. संतोष यादव लगायत अन्य स्वास्थ्यकर्मीहरुले विरामीहरुको नि:शुल्क स्वास्थ्य चेकजाँच गरेका थिए ।
स्वास्थ्य शिविरमा ५ सय भन्दा बढी वडावासीको नि:शुल्क स्वास्थ्य चेकजाँच गरी आवश्यक पर्नेहरुलाई औषधी समेत वितरण गरिएको गोल्डेल अस्पातलका मार्केटिङ मेनेजर राजन शर्माले जानकारी दिए ।