विराटनगर । भिक्ट्री स्कुल डान्सिङ स्टारको फाइनल असार ३० गते हुने भएको छ।
विभिन्न विद्यालयका १०० भन्दा बढीको सहभागी रहेको अडिसन राउण्डबाट फाइनलमा १७ जना छनोट भएको भाइरल हुड डान्स स्टुडियो विराटनगरका संस्थापक साहिल खानले बताए।
उक्त प्रतियोगिताको फाइनल विराटनगरस्थित दिल्ली पब्लीक स्कूलमा हुने आयोजकले जनाएको छ।
विभिन्न विद्यालयका प्रतियोगीहरुले आफ्नो उत्कृष्ट प्रदर्शन दिएको भाइरल हुड डान्स स्टुडियो विराटनगरका संस्थापक साहिल खानले बताए।
प्रस्तुति सुरु भएपछि, समकालीन र हिप-हपदेखि शास्त्रीय र सांस्कृतिक नृत्यहरू सम्मका नृत्य शैलीहरूको देखाईएको भाइरल हुड डान्स स्टुडियोका निर्देशक विकी घिमिरेले जानकारी दिए।
उक्त प्रतियोगिताका मुख्य प्रायोजकको रुपमा भिक्टोरी स्पाइसेस रहेको छ। भने एजुकेशन पाटनरको रुपमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज रहेको छ। त्यसैगरी मिडिया पाटनरको रुपमा आवर विराटनगर रहेको छ।