विराटनगरका कवि सुमन पोखरेल अमेरिकी साहित्य पोर्टल स्पीलवर्डको ‘महिना लेखक’ मनोनित

विराटनगरका कवि सुमन पोखरेल अमेरिकी साहित्य पोर्टल स्पीलवर्डको ‘महिना लेखक’ मनोनित

विराटनगर । संयुक्त राज्य अमेरिकाको न्यू योर्कबाट प्रकाशित हुने लोकप्रिय साहित्यिक पोर्टल स्पीलवर्डले विराटनरका कवि सुमन पोखरेललाई ‘महिनाका लेखक’ को रूपमा चयन गरेको छ। यस पत्रिकामा प्रकाशित हुने लेख रचनालाई पाठकहरूले मनपराएको आधारमा ती रचनाका सर्जकलाई पत्रिकाले प्रत्येक महिनामा ‘महिनाका लेखक’ को रूपमा चयन गर्ने गरेको हो।

पत्रिकाले कवि पोखरेललाई वर्ष २०२३ को जुन महिनाका लेखकको रूपमा चयन गरेको हो। पत्रिकाका अनुसार चयन भएपछिको महिनाको पछिल्लो महिनाभरि उक्त पत्रिकाको वेबसाइटको साइडबारमा प्रदर्शित हुने ‘महिनाका लेखक’ मा चयन हुनेको प्रोफाइल राख्ने गरिन्छ। जसअनुसार पत्रिकाले कवि पोखरेलको प्रोफाइललाई २०२३ को जुलाई महिनाभरि आफ्नो साइडबारमा फिचर गर्नेछ ।

विराटनगरमा बसेर साहित्य सिर्जना गर्ने पोखरेल कविका साथै गीतकार, नाटककार, अनुवादक र कलाकार पनि हुन्। नेपाली, अंग्रेजी, हिन्दी, उर्दू लगायतका भाषामा कलम चलाउने पोखरेलको विविध विधाका पुस्तक प्रकाशित छन्। पोखरेलका कविताहरू डेढ दर्जन भाषामा अनुवाद भएर विभिन्न देशबाट प्रकाशित भएका छन्। उनले लेखेका नाटक नेपाल, भारत, संयुक्त राज्य अमेरिका लगायतका देशहरूमा प्रदर्शित भएका छन्। उनका गीतहरूलाई नेपाल र भारतीय संगीतकारहरूले आफ्ना सङ्गीतबद्ध गरेका छन् र नेपाली र भारतीय गायकहरूका स्वरमा रेकर्ड गरिएका छन्। पोखरेलले विलियम शेक्स्पियरका नाटक ुद टेम्पेस्टु लगायतका सयौं विदेशी कविका कविताहरूलाई नेपालीमा अनुवाद गर्नुका साथै नेपाली कविका कविताहरूलाई अंग्रेजी, हिन्दी र उर्दू भाषामा अनुवाद गरेका छन्।

कवि पोखरेलका कविताहरूलाई नेपाल र भारतका विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रममा समावेश गरेका छन्। पत्रिकाले फेसबुक, इन्स्टाग्राम, ट्विटर जस्ता सामाजिक सञ्जालहरूका विभिन्न भाषाका प्रयोगकर्ताहरूले पोखरेलका कविताका अंशहरू क्वोट गर्ने गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्