सप्तकोसी डेभलपमेन्ट बैक विराटनगरका तत्कालीन सीईओ सुवेदी विरुद्ध विशेष अदालतमा मुद्दा दायर

<span class='c1'>सप्तकोसी डेभलपमेन्ट बैक विराटनगरका तत्कालीन सीईओ</span> <span class='c2'>सुवेदी विरुद्ध विशेष अदालतमा मुद्दा दायर</span>

विराटनगर । विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंकका तत्कालीन कार्यकारी अधिकृत (सीईओ) नवीन सुबेदीविरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले सुबेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । सप्तकोशी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवेदीले बैंकको कर्पोरेट कार्यालयमा रेमिट्यान्स कारोबार हुने पुमरी बैंकिङ सफ्टवेयरको ‘पार्किङ एकाउन्ट’ मा रेमिटयान्स नै नआएको अवस्थामा फर्जी कारोबार गरी बैंकलाई १५ करोड ७४ लाख ४० हजार ५ सय ७४ रुपैयाँ अपचलन गरेको आरोप लागेको थियो ।

सोही बैंकिङ कसूर मुद्दामा उनको खातामा अस्वभाविक रकम ‘ट्रान्जेक्सन’ भएको देखिएको भन्दै सम्पत्ति शुद्धीकरणको कसुरमा विभागले अनुसन्धान तथा कारवाही सुरु गरेको थियो ।

बैंकका तत्कालीन कार्यकारी प्रमुख अधिकृतले बैंकको रकम अपचलन गरी बैंकिङ कसुर गरी आर्जन गरेको एक करोड १८ लाख ७७ हजार ७०० रुपैयाँ सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन २०६४ अनुसार निषेधित कार्य गरी गरेर सम्पत्ति शुद्धीकरणको कसूर गरेको देखिएको विभागले जनाएको छ । सोही आधारमा नवीन सुवेदीलाई १ करोड १८ लाख ७७ हजार सात सय रुपैयाँ बिगो दाबीसहित विभागले मुद्दा दायर गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्