विराटनगरको अर्को सहकारीका बचतकर्ताको रकम जोखिममा

<span class='c1'>विराटनगरको अर्को सहकारीका</span> <span class='c2'>बचतकर्ताको रकम जोखिममा</span>

विराटनगर । समयअवधी हुँदा सहकारीले रकम दिन नसकेपछि विराटनगरको अर्को सहकारीका बचतकर्ता डुब्ने देखिएको छ ।
विराटनगरको जलजला रोडमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लि. सदस्य सेवा केन्द्रका बचतकर्ताहरुले लामो समयदेखि आफ्नो रकम झिक्न नपाएका हुन् ।

सोमबार सहकारीका अध्यक्ष फडिन्द्र मगर लगायत अन्य संचालक सदस्यहरुलाई वडा प्रहरी कार्यलयमा बचतकर्ताले दवाव दिएका छन् । झण्डै ३ सय भन्दा बढी बचतकर्ताले बचत गरेको रकम सहकारीका सञ्चालकले फिर्ता दिन नसक्दा आफुलाई समस्यामा परेको गुनासो गर्दै आएका छन् । त्यस अघि बचतकर्ताहरुले संचालकलाई कार्यलयमा नभेटेपछि कार्यररत सबै कर्मचारीलाई वडा प्रहरी कार्यलयमा लगेका थिए ।
केहीबेरपछि सहकारीका संचालक फडिन्द्र मगर वडा प्रहरी कार्यलय विराटनगरमा आईपुगेका थिए ।

वडा प्रहरी कार्यलयमा पुग्न साथ बचतकर्ताहरुले संचालकलाई बचत गरेको रकम चाँडो उपलब्ध गराईदिन माग गरेका थिए । वडा प्रहरी कार्यलयमा भेला भएका सहकारीका संचालक र बचतकर्ताहरुलाई पुन सहकारी कार्यलयमा नै पुगेर आपसी छलफल तथा मिलेमतो गर्न वडा प्रहरीले आग्रह गरेको थियो ।
बचतकर्ता मुकेश श्रीवास्तवले सहकारीले पैसा हिनामिना गरेका कारण फिर्ता गर्न नसकेको आरोप लगाएका छन् । ‘हामीले पटक पटक समय दिईसक्यौ तर पनि कुनै वास्तै गरिरहेको छैन ।’ हामीले भिख मागेको हैन ,ऋण पनि मागेको हैन, हामीले त बचत गरेको रकम मात्रै मागेको हो ।’

संस्थाका अध्यक्ष फडिन्द्र मगरले खाली आश्वासन मात्र दिने गरेको अर्का बचतकर्ता राजेन्द्र यादवले बताए । मेरो धेरै रकम पनि छैन ८ हजार मात्र छ त्यो पनि दिईरहेको छैन ।
इटहरीमा हेड अफिस राखेर विराटनगर, विराटचौक र दमकमा सदस्य सेवा केन्द्र रहेको अम्बे बचतमा पाँच हजार ३०० बचतकर्ता रहेका छन् । इटहरीमा ठूलो रकम बचतगर्नेहरु धेरै छन् । अध्यक्ष मगरले भने अहिले हामी मात्रै देशभरका नै सहकारीहरुको अवस्था नाजुक छ । लगानी गरेको रकम भनेको समयमा नउठेका कारण बचतकर्ताहरुको रकम फिर्ता गर्न सकिरहेका छैनौँ । अको केही दिनमा हामी सबै बचतकर्ताहरुको रकम फिर्ता गर्ने तयारीमा छौँ । ६३ करोड रुपिँयाको कारोबार गर्दै आएको सहकारीले २० करोड रकम बढी फिर्ता गरिसकेको छ । अब ३५ करोड रकम व्यवस्थापन गर्नुपर्नेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्