एकसातामा मोरङमा एकहजार २०० ले लिए नागरिकता

<span class='c1'>एकसातामा मोरङमा एकहजार २००</span> <span class='c2'>ले लिए नागरिकता</span>

विराटनगर । मोरङमा जन्मसिद्धका सन्तान १ हजार २ सयले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले एक साता अगाडी गत सोमबारदेखि जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरण सुरु गरेको थियो । एक सातामा जिल्लाभर एक हजार २०० आसपासको संख्याले नागरिकता पाएका हुन् ।

जन्मसिद्धका सन्तानका लागि सोमबारसम्म १ हजार १ सय ८७ वटा वंशजको नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिएका छन् ।

जन्मसिद्धसँग जोडिएर नागरिकता लिनेको संख्या धेरै भएपछि वितरणमा टोकन प्रणाली लागू गरिएको छ । आगामी असोज दोस्रो सातासम्मका लागि टोकन वितरण गरिसकिएको प्रशासनले जनाएको छ । प्रशासनका अनुसार लगभग ४ हजार हाराहारीले टोकन प्राप्त गरिसकेका छन् । टोकन प्राप्त गरेकाहरुले प्रशासनले उपलब्ध गराएको समयमा आएर नागरिकता लिनसक्नेछन् । जन्मसिद्धसँग जोडिएकालाई नागरिकता दिन छुट्टै कोठाको व्यवस्था गरिएको छ ।

सेवाग्राहीले फेरि दुःख नपाउन् भनेर नागरिकताका लागि सिफारिस गरेर पठाउँदा सबै कुरामा ध्यान दिन सरोकारवालालाई आग्रह गरिएको छ । २०६३ सालको वितरण टोलीबाट मोरङमा करिब ३५ हजार जनाले जन्मका आधारमा नागरिकता लिएको र त्यसका आधारमा अब वंशजको नागरिकता लिनेको संख्या ८० हजार हाराहारी रहेको हुनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्