विराटनगर । दिनहुँ जस्तो हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यका साथ जिल्ला कोशी प्रदेशको राजधानी विराटनगरबाट ट्राफिक सप्ताहको शुभराम्भ भएको छ ।
कोशी प्रदेशको १४ वटै जिल्लामा आजबाट सुरु भएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा आज (मंगलबार)बाट ट्राफिक सप्ताहको शुभराम्भ भएको हो ।
विभिन्न संघसंस्थाको सहकार्यमा सप्ताहको पहिलो दिन ट्राफिक सचेतना मुलक प्लेकार्ड सहित विहान ७ बजेदेखि प्रभातफेरीसहित कार्यक्रमको सुरुवात भएको हो ।