बहुप्राविधिक शिक्षालयका खेलकुद प्रतियोगिताका विजेताहरुलाई विराटनगरको सम्मान

<span class='c1'>बहुप्राविधिक शिक्षालयका खेलकुद प्रतियोगिताका</span> <span class='c2'>विजेताहरुलाई विराटनगरको सम्मान</span>

विराटनगर । विराटनगर महानगरपालिकाका र सिटीइभिटीको साझेदारीमा संचालीत महानगर बहुप्राविधिक शिक्षालयले आयोजना गरेको आन्तरिक खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ।

सोमबार महानगरपालिकामा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासहित प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत र शिक्षालयका प्राचार्य परिवेश पराजुलीले विजेता खेलाडीहरुलाई अबिर लगाएर मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरु अब्बल हुनुपर्नेमा जोड दिनुभयो । मेयर कोइरालाले खेलकुदले मानिसलाई अनुशासित बनाउने बताउनुभयो ।

उहाँले शारीरिक, मानसिक विकाससँगै खेलकुदले अनुशासित जीवन बिताउन मद्दत पुग्ने धारणा राख्नुभयो । उहाँले बहुप्राविधिक शिक्षालयको विकासका लागि महानगर गम्भीर रहेको सुनाउनुभयो । महानगर बहुप्राविधिक शिक्षालय महानगरपालिकाको गौरवको योजना भएको बताउँदै मेयर कोइरालाले शिक्षालयमा विद्यार्थीको आकर्षण बढाउनुपर्नेमा जोड दिनुभयो । मेयर कोइरालाले विराटनगर शैक्षिक हब बन्दै गएको उल्लेख गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले शिक्षालयले अध्ययन गरेका विद्यार्थी अब्बल र जहाँसुकै गएर पनि प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्ने विचार व्यक्त गर्नुभयो । सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले शिक्षालयको प्रचारप्रसार गरी देशभरका विद्यार्थीलाई आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षालयमा पढाइ राम्रो हुने र उत्तीर्ण गरेका विद्यार्थीले जागिर खान समस्या नहुने वातावरण सिर्जना गर्नुपर्ने उहाँको धारणा थियो ।


प्राचार्य परिवेश पराजुली, संयोजक संगीता पोखरेललगायतले शिक्षालयको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । विस २०७७ साउन २७ गते स्थापना भएको शिक्षालयमा करिब ३ सय विद्यार्थी अध्ययनरत छन् ।

हाल ३ वर्ष डिप्लोमा सिभिल इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ, जियोमेटिक इन्जिनियरिङ,इलेक्ट्रिकल इन्जिनियरिङ सम्बन्धीत कोर्षहरुको अध्ययन हुनुका साथै इलेक्ट्रिकल इन्जिनियरिङ सम्बन्धीत तालिम समेत व्यवस्था रहेको शिक्षालयले जनाएको छ। शिक्षालयमा थप तीन–चार वटा विषय अध्ययनका लागि तयारी भइरहेको संयोजक पोखरेलले जानकारी दिनुभयो।

एसईइ परिक्षाको रिजल्ट आएपछी भर्ना खुल्ने शिक्षालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्