विराटनगरदेखि काठमाडौँको हवाई भाडा घट्यो

<span class='c1'>विराटनगरदेखि काठमाडौँको हवाई</span> <span class='c2'>भाडा घट्यो</span>

विराटनगर । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले बुधबारदेखि लागू हुने गरी भाडादर घटाउन निर्देशन दिएको छ ।

विराटनगरदेखि काठमाडौँको हवाई भाडा ३३५ रुपैयाँले घटेको छ ।

त्यसैगरी काठमाडौं–भद्रपुर भाडा ४२० रूपैयाँले घटेको छ। भने काठमाडौं–भैरहवाको भाडादर हालको भन्दा २८५ रूपैयाँले घटाइएको हो।

काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार २६०९ र सिमराका लागि १२५ रुपैयाँ कम भएको छ ।

सोमबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १४ रुपैयाँले कम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्