कोशी प्रदेश : १४ जिल्लामा सञ्चालनमा आयो ‘ट्राफिक सप्ताह ’

<span class='c1'>कोशी प्रदेश : १४ जिल्लामा</span> <span class='c2'>सञ्चालनमा आयो ‘ट्राफिक सप्ताह ’</span>

सुजता लिम्बू
विराटनगर । दिनहुँ जस्तो हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यका साथ कोशी प्रदेशको राजधानी विराटनगरबाट ट्राफिक सप्ताहको शुभारम्भ भएको छ ।

ट्राफिक सप्ताह कोशी प्रदेशको १४ वटै जिल्लामा आजबाट सुरु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी श्याम कुमार महतोले जानकारी दिए ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा आज (मंगलबार)बाट ट्राफिक सप्ताहको शुभारम्भ भएको हो । विभिन्न संघसंस्थाको सहकार्यमा सप्ताहको पहिलो दिन ट्राफिक सचेतना मुलक प्लेकार्ड सहित विहान ७ बजेदेखि प्रभातफेरीसहित कार्यक्रमको उद्धघाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन् ।

मुख्मयन्त्री कार्कीले उद्धघाटन समारोह कार्यक्रमलाई सम्बोधन गर्दै प्रत्येक व्यक्ति सचेत भए सवारी दुर्घटना न्युनिकरण हुने बताए । यस्ता खालका अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु चढाउनाले पनि दुर्घटना बढेको बताए ।

यस्ता खालका दुर्घटनालाई न्युनिकरण गर्न यातायात व्यवसायी पनि सचेत रहनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले सडक दुर्घटना भयावह बन्दै गएको बताए । भयावह बन्दै गएको दुर्घटनाको अवस्थालाई न्युनिकरण गर्ने उद्देश्यले पनि ट्राफिक सप्ताह सञ्चाल नगरिएको बताए ।

दुर्घटनामा परि ज्यान गुमाउने कति ?
कोशी प्रदेशमा आर्थिक वर्ष २०७५/७६ मा ३७३ जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएका छन् । २०७६/७७ मा ३३२ जना २०७७/७८ मा ४४४ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी श्याम कुमार महतोले जानकारी दिए ।
उनका अनुसार गत वर्ष मात्रै यस प्रदेशमा ३ हजार ८२० दुर्घटनामा परी ५३१ जनाको मृत्यु भएको छ । जसमा १ हजार १ सय १४ जना गम्भीर घाइते र ५ हजार ३३५ जना सामान्य घाइते भएका छन् । उनका अनुसार बर्सेनि ८० प्रतिशत दुर्घटना वृद्धि भएको उनले बताए । अधिकांश सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि प्रमुख कारणको रूपमा रहेको उनले बताए ।
चालक र सडक प्रयोगकर्ताहरूले ट्राफिक नियमको पूणर् पालना गरेको खण्डमा दुर्घटनामा न्यूनीकरण हुने उनको भनाई थियो ।

५३ प्रतिशत दुर्घटना तीव्र गतिका कारण
‘दुर्घटनाको मानवीय कारणहरूको विश्लेषण गर्दा ५३ प्रतिशत दुर्घटना तीव्र गतिका कारण देखिएको एसपी महात्तोले बताए । उनका अनुसार १६ प्रतिशत दुर्घटना चालकको लापरबाही, १० प्रतिशत दुर्घटना चालकले मादक पदार्थको सेवन गरी सवारी चलाउँदा र ७ प्रतिशत दुर्घटना चालक अनुमति पत्र नलिएर दुर्घटना भएको देखिएको छ ।
१२ प्रतिशत दुर्घटना सडक प्रयोगकर्ताहरूले असावधानीपूर्वक सडक प्रयोग गरेको कारणले दुर्घटना भएको देखिएको र यसरी भएको दुर्घटनालाई नजिकबाट नियाल्दा ५७ प्रतिशत दुर्घटनामा मोटरसाइकल, १६ प्रतिशत दुर्घटना सिटी, इ रिक्सा तथा टेम्पु र ११ प्रतिशत दुर्घटनामा साना सवारी साधनहरूको संलग्नता रहेको एसपी महत्त्वले जानकारी दिए ।
सवारी साधनका चालकहरू र सडक प्रयोगकर्ताले ट्राफिक नियमको पालना नगर्नु दण्डनीय कसुर हो भनी आत्मसाथ गरी ट्राफिक नियमको पालनामा पूणर् प्रतिबद्धता हुन सकेको खण्डमा मात्र दुर्घटना न्यूनीकरणतर्फ आशातीत सफलता प्राप्त गर्न सकिने उनको भनाई थियो ।

मादक पदार्थ समेत चेकजाँच गर्ने
मादक पदार्थ सेवनलाई चेकजाँच गर्दा चालकहरुले लागुऔषध सेवन गर्ने गरेको गुनासो आएकाले लागुऔषध चेकजाँज गर्ने अभियान समेत सञ्चालन गर्ने उनले बताए ।

‘मादकपदार्थ सेवनलाई चेकजाँच गर्दा धेरै जस्तो चालकले पनि लागुऔषध सेवन गर्ने गरेको पाइएको छ,’ उनले भने,‘ हामीसँग लागुऔषध किटहरु थिएन, अब लागुऔषध विरुद्धको चेकजाँज गरी यो अभियान पनि सञ्चालन गर्ने प्रक्रियामा जान्छौँ, ’
ट्राफिक सप्ताह वर्षेनी हुने गरेको जानकारी दिँदै उनले यो कार्यक्रम निक्कै प्रभावकारी भएको समेत बताए । उनले प्रदेशभर ४७४ जना ट्राफिक प्रहरीहरु रहेको जानकारी दिँदै उनले केही कार्ययोजनाहरुमा जनशक्ति अपुग भएपनि प्राविधिक पहुचसम्म पुर्‍याएर प्राविधिक श्रोत सामाग्रीको बढी भन्दा बढी उपलब्ध गर्नु सकेको खण्डमा यो जनशक्ति थोरै नभएको दाबी गरे ।

ट्राफिक व्यवस्थापनका लागि हरसम्भव श्रोतसाधानहरु जुटाउन र ट्राफिकलाई प्रविधिसँग जोड्न कोशिस गरिहको बताउदै उलने भने,‘ यसमा स्थानीय सरकार, प्रदेश सरकारको साथ पाएका छौँ यसलाई निरन्तर सुधार्ने प्रक्रियामा छौँ ।’

कुन—कुन दिन के कस्तो कार्यक्रम हुन्छ?

ट्राफिक सप्ताह अन्तर्गत दोस्रो दिन पेटी तथा जेब्रा क्रसबाट हिँड्न सिकाउने, सवारीसाधनको गति कम गर्न प्रेरित गर्ने तथा जेब्रा क्रसमा पैदल यात्रीलाई प्राथमिकता दिने, तेस्रो दिन पार्किङ एवं सडक, पेटी व्यवस्थित गर्दै ट्राफिक सचेतनासम्बन्धी पर्चा र पम्प्लेट वितरण गरिने कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए ।

तेस्रो दिन स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा ट्राफिक सङ्केतका बोर्डहरू राख्ने, सडकमा राखिएका निर्माण सामाग्रीहरू हटाउने र सडकमा भएका खाल्डा खुल्डीहरूलाई सरोकारवाला निकायहरू सँग समन्वय गरी मर्मत गर्न लगाउने कार्यक्रम रहेको छ । यस्तै चौथो दिन विराटनगर बसपार्कमा सवारी चालकहरूलाई सचेतना कार्यक्रम र पाँचौँ दिन सचेतना, छैटौँ दिन चालकको स्वास्थ्य जाँच र सवारीको यान्त्रिक चेकजाँच र अन्तिम दिन अन्तर्क्रिरया कार्यक्रम गर्दै समापन गरिने ट्राफिक प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्