एसईइ दिएका विद्यार्थी र अभिभावकलाई लर्डबुद्ध कलेजमा नि:शुल्क स्वास्थ्य शिविर

<span class='c1'>एसईइ दिएका विद्यार्थी र अभिभावकलाई</span> <span class='c2'>लर्डबुद्ध कलेजमा नि:शुल्क स्वास्थ्य शिविर</span>

विराटनगर । विराटनगर १० मा रहेको लर्डबुद्ध कलेजले ४ दिन सम्म नि:शुल्क स्वास्थ्य शिविर सुरु गरेको छ ।

लर्ड बुद्ध कलेजको आयोजना तथा न्युरो हस्पिटलको प्राविधिक सहयोगमा एसईइ दिएका विद्यार्थी र उनीहरुका अभिभावकलाई कलेजले मंगलबारबाट ४ दिनसम्म नि:शुल्क स्वास्थ्य चेकजाँच सुरु गरेको हो ।

न्युरो अस्पतालकी कार्यकारी निर्देशक डा.अनिशा बिष्टको स्वास्थ्य र शिक्षालाई सँगसँगै लैजाने उदेश्यका साथ कलेजले विराटनगरमा एसईइ दिएका विद्यार्थी तथा अभिभावकहरुलाई नि:शुल्क स्वास्थ्य चेकजाँच गरिएको लर्ड बुद्ध कलेजका प्रशासन प्रमुख एन्जेश कोईरालाले जानकारी दिए ।

मंगलबारबाट सुरु भएको नि:शुल्क स्वास्थ्य शिविरमा पहिलो दिन १९७ जना विद्यार्थी तथा उनीहरुका अभिभावकले सेवा लिएको कलेजले जनाएको छ ।
स्वास्थ्य शिविरमा वरिष्ठ आपत्कालिन सेवा चिकित्सक गोल्ड मेडलिस्ट डा. प्रफुल्ल कोइरालाको नेतृत्वमा डा. सुभम घिमिरे लगायतको चिकित्सकिय टोलिले स्वास्थ्य सेवा प्रदान गरिहेको छ ।

४ दिनसम्म चल्ने उक्त शिविरमा प्रेसर सुगर लगायत प्रारम्भिक जाँच कलेज मै गरिएको र अन्य थप विरामीको अवस्था हेरेर न्युरो अस्पतालमा नै जाँच गरिने कोईरालाले जानकारी दिए । साथै शिविरमा सेवा लिनेहरुका लागि न्युरो अस्पतालमा नि:शुल्क ओपीडी सेवा र ल्यावहरुमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको कलेजले जनाएको छ ।

स्वास्थ्य शिविर कार्यक्रमको उद्धघाटन न्युरो अस्पतालका अप्रेशन डाईरेक्टर राजेश भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्