सुजता लिम्बु / प्रेम देवान
विराटनगर । तीनदिनदेखि बेपत्ता भएको एक बालकको खोजीकार्यमा प्रहरीले बेवास्ता गरेको भन्दै स्थानीयले ईलाका प्रहरी कार्यलय रानी घेराउ गरेका छन् ।
गत आइतबार साँझ ५ बजे घरबाट निस्किएका विराटनगर १५ का १६ वर्षिय प्रिन्सराज ठाकुर अबेरसम्म घर नआएपछि परिवारसहित छिमेकहरुले खोजतलास गरेका थिए ।
बालक हराएपछि इलाका प्रहरी कार्यालय रानीले सोही स्थानका प्रेम शाहलाई नियन्त्रणमा लिएर अनुसन्धन अगाडी बढाइरहेको छ ।
यता, परिवार पक्षले भने प्रिन्सको अपहरण उनै प्रेमले गरेको भन्दै आरोप लगाएका छन् । प्रेम शाह र आफूहरुबीच व्यवहारिक कारोबारले मनमुटाव रहेको र बेलामौका प्रेमले धम्किपूर्ण अभिव्यक्ति दिने गरेको प्रिन्सकी आमा आरती देवि ठाकुरले बताइन् ।
[caption id="attachment_229179" align="alignnone" width="475"] हराएका बालक प्रिन्स ठाकुर[/caption]
‘प्रेम शाह र हामीबीच बंैक शेयरको विषयमा मनमुटाव भएको थियो, उसले जहिल्यै धम्कि दिने गरेको थियो मेरो छोरा हराएको दिन अदालतमा हाम्रो पेशी थियो,’ उनले सुनाइन्,‘ तीन बजेतिर अदालतबाट निस्किएपछि प्रेमले धम्कि दिँदै ५ बजेतिर म जे पनि गर्न सक्छु भनेको थियो त्यही समयदेखि मेरो छोरा हरायो ।’
त्यसो त उनले छोरा कतै साथीभाईको घर गएको छ कि भनेर खोजी नगरेका पनि होइनन् तर कहीँ फेला नपरेपछि इलाका प्रहरी कार्यालय रानीमा उजुरी दिएको समेत जानकारी दिइन् । प्रहरी हिरासतमा रहेको प्रेमलाई छुटाउन स्थानीय नेताहरुको दबाब समेत आएको भन्दै प्रिन्सीकी आमा आरती र उनको छिमेकीहरु मंगलबार दिउसो ईलाका प्रहरी कार्यलय रानीमा नारा बाजी गर्दै न्यायको माग गरिरहेका थिए ।
उता, प्रेमका दाई कैलाश शाहले आफ्नो भाईले अपहरण गरेको विषयमा कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् । प्रिन्स हराएको समयमा आफ्नो भाई आफ्नै पसलमा रहेको बताउदै उनले सिसि क्यामेरा फुटेजमा पनि १० बजेसम्म घर तर्फ नै गएको देखिएको बताए । बालक हराउको विषयमा अनुसन्धान अगाडी बढाइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले बताए । उनले भने,‘उहाँहरुको बालक हराएको रिपोर्ट आएको छ, अनुसन्धान भइरहेको छ । फेला परिरहेको छैन यसको अनुसन्धान भइरहेको छ ।’