विराटनगरमा संचालनमा आयो सृजा मेकअप एण्ड नेल स्टुडियो

<span class='c1'>विराटनगरमा संचालनमा आयो सृजा</span> <span class='c2'>मेकअप एण्ड नेल स्टुडियो</span>

विराटनगर । विराटनगर – २ मुनालपथस्थित सृजा मेकअप एण्ड नेल स्टुडियो संचालनमा आएको छ । करिब २२ लाख रुपैयाँ लागतमा बुधबार एक कार्यक्रमको बीच सृजा मेकअप एण्ड नेल स्टुडियो संचालनमा आएको हो ।


उक्त स्टुडियोको उद्घाटन पूर्वाञ्चल वाल सेवाश्रमका अध्यक्ष सीता पोखरेल, मेनुका कार्की, गोमा भट्टराईले संयुक्त रुपमा गरेका थिए ।
अत्याधुनिक प्रविधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न सृजा मेकअप स्टुडियोमा रहेको छ । सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभवलाई आफ्नै ठाउँमा केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको सृजा मेकअप एण्ड नेल स्टुडियोको संचालिका सृजना कार्र्कीले जानकारी दिइन् ।
मेकअप स्टुडियोमा महिलाहरुलाइ आवश्यक पर्ने सम्पूर्ण श्रृंगारको कामहरु हुने उनले बताइन् । त्यसबोहक सौन्दर्यको तालिम पनि दिने उनले उनले बताइन् ।

‘पार्लरसम्बन्धी सबै कोर्षहरु गरिनेछ । नेलको सम्पूर्ण डिजाइनहरु यहाँ हुनेछ,’ उनले भनिन्, ‘मेकअप स्टुडियो संचालनमा आएको अवसरमा विशेष अफरहरु पनि ल्याएको छ ।’ उनका अनुसार एक महिनासम्म मेकअप स्टुडियो संचालन आएको अवसरमा यहाँबाट प्रदान हुने सेवाहरुमा ३० प्रतिशतसम्म छुट रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्