कोशी अस्पताल विराटनगर : तीन वर्षमा २४ निर्णयका २२ काम देखाएर बिदा भयो विकास समिति

<span class='c1'>कोशी अस्पताल विराटनगर : तीन वर्षमा २४ निर्णयका</span> <span class='c2'>२२ काम देखाएर बिदा भयो विकास समिति</span>

विराटनगर । कोशी अस्पताल विराटनगरको विकास समितिले तीन वर्षे कार्यअवधि पूरा गरेर शुक्रबार विदा लिएको छ ।

२०७७ असार २२ गते नियुक्त भएको समितिले २४ बैठकमा निर्णय भएका अस्पताल सुधारका २२ कामको प्रगति सार्वजानिक गरेको हो । यो समितिको समायवधि शुक्रबार नै सकिएको छ ।

कोरोना संक्रमणको जटिल समयमा महेश भट्टराई अध्यक्ष, मुकेश बुढाथोकी, शिल्पा निराला कार्की र देवानन्द यादव सदस्यमा नियुक्त भएका थिए । कार्कि विराटनगर महानगरको उपप्रमुख छिन् ।

यश अवधिमा नयाँ भवनको मास्टर प्लान र निर्माण, ओएनएम सर्भे गरि ११४४ दरबन्दी कायम गराउने काम भएको छ ।
जिम्मेवारी सकिएको दिन प्रगति विवरण सार्वजनिक गर्दै सदस्य मुकेश बुढाथोकीले अक्सिजन प्लान्ट, एचडियु सेवा, आईसियु र भेन्टिलेटर सेवा व्यस्थापन गरिएको जानकारी दिए ।

यसैगरी अस्पतालको उठ्न बाँकी सटर भाडा ८० लाखमध्ये ५५ लाख उठाईएको छ । युरो सर्जरी सेवा, पूर्वाञ्चलको मेडिकल कजेजको रुपमा सञ्चालन प्रक्रिया, ३ अर्ब ३३ करोडमम दस तले भवन निर्माण कार्य सुरु भएको उल्लेख छ ।

यसैगरी अस्पतालको जग्गा खाली गराएर नयाँ भपन निर्माण सुरु गरिएको जानकारी दिइएको छ । विकास समितिले गरेका सबै निर्णय कार्यन्वयन गरेको दावी विकास समिति सदस्य देवा यादवले जानकारी दिए ।

अस्पताल सुधारमा पत्रकारिताको माध्यमबाट सहयोग गरेको भन्दै नागरिक दैनिकका पत्रकार चुमन बस्नेतलाई नगद दस हजारसहित सम्मान तथा पुरस्कृत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्