विराटनगरका मेयर नागेश कोईराला सहित ५४ जनाले गरे मृत्युपश्चात अंग दानको घोषणा

<span class='c1'>विराटनगरका मेयर नागेश कोईराला सहित ५४</span> <span class='c2'>जनाले गरे मृत्युपश्चात अंग दानको घोषणा</span>

विराटनगर । विराटनगरका मेयर नागेश कोईराला सहित ५४ जनाले मृत्युपश्चात अंग दान गर्ने घोषणा गरेका छन् ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र इष्टपोल मिडिया प्रालिको आयोजनामा विराटनगरमा सम्पन्न ‘मस्तिष्क मृत्यु पश्चातको अंगदान सम्बन्धि कानुनी व्यवस्था र कार्यान्वयनको अवस्था’ विषय अन्तरक्रिया कार्यक्रममा मेयर कोइरालाले आफ्नो मृत्युपश्चात शरीरका केही अंग दान दिने घोषणा गरेका हुन् ।


कोशी प्रदेशका सभामुख बावुराम गौतम , कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिब डा.सुधा देवकोटाले पनि मृत्युपश्चात शरीरका केही अंग दान दिने घोषणा गरे ।

शुक्रबार विराटनगरको ईष्र्टन स्टार होटलमा भएको कार्यक्रममा ५४ जनाले मृत्युपश्चात शरीरका केही अंग दान दिने मञ्जरीनामा पत्रमा हस्ताक्षर गरेका थिए ।
अहिलेसम्म देशभरीमा ३ हजारले मृत्युपश्चात शरीरका केही अंग दान दिने मञ्जरीनामा पत्रमा हस्ताक्षर गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द श्रेष्ठले जानकारी दिए ।


मस्तिष्क मृत्यु भएको व्यक्तिबाट ८ वटा अंग झिक्न कानुनी व्यवस्था रहेको छ । जसमा दुई वटा मिर्गौला, दुई वटा फोक्सो, एक वटा कलेजो, मुटु, प्याङ्क्रियाज, एक सानो आन्द्रा रहेको डा पुकारचन्दले जानकारी दिए ।
तर ऐनले ८ वटा अंग प्रत्यारोपण गर्न मिल्ने व्यवस्था गरे पनि नेपालमा हाल मिर्गौला र कलेजोको मात्र प्रत्यारोपण हुने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्