विराटनगर बसपार्कमा सवारी चालकको निशु:ल्क स्वास्थ्य चेकजाँच

विराटनगर बसपार्कमा सवारी चालकको निशु:ल्क स्वास्थ्य चेकजाँच

विराटनगर । विराटनगरको बसपार्कमा ट्राफिक सप्ताह अन्तर्गत सवारी चालकहरुको स्वास्थ्य चेकजाँच गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजना तथा विराटनगर आस्पताल( विराट नर्सिङ्ग ) को प्राविधीक सहयोगमा शनिबार बसपार्कमा चालकहरुको स्वास्थ्य चेकजाँक गरिएको हो ।

निशुल्क स्वास्थ्य शिविरमा ब्लड प्रेसर, सुगर, आँखाको भिजन लगायतका स्वास्थ्य चेकजाँच गरिएको थियो । साथै विराटनगर बसपार्कमा आउजाँउ गर्ने सवारी साधानहरुको यान्त्रिक चेकजाँच समेत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रमुख सुनिल श्रेष्ठले जानकारी दिए । यसैविच भोली बसपार्कमा लागुऔषध प्रयोगकर्ताहरुको लागी पनि विशेष कार्यक्रममा रहेको श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्