मृत्युपस्चात अंग दानको लागि जनचेतना बढाउनुपर्नेमा सरोकारवालाको जोड

<span class='c1'>मृत्युपस्चात अंग दानको लागि जनचेतना</span> <span class='c2'> बढाउनुपर्नेमा सरोकारवालाको  जोड</span>

विराटनगर । मस्तिष्क मृत्युपस्चता अंग दान गराउनको लागि जनचेतना बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

नेपालमा मस्तिष्क मृत्युसम्बन्धी बलियो ऐन बनिसकेको कारणले अब जनचेतना बढाएर मस्तिष्क मृत्युपश्चात अंग दान गर्नको लागि अभिपेरीत गरिनुपर्नेमा बताएका हुन् ।
कार्यक्रममा बोल्दै कोशी प्रदेशका सभामुख बावुराम गौतमलले अंग दान जीवन दान मरणोपरान्त अंग दानको लागि जनचेतना फैलाउनुपर्ने बताए । ‘अहिले पनि मस्तिष्क मृत्युपश्चता अंग दानको बारेमा धेरैले बुझेका छैन,’ उनले भने, ‘ऐन बनेको छ ।


बनेको ऐन कार्यन्वयन गर्दै यस विषयमा जनस्तरमा बुझाउन जरुरी रहेको छ ।’ यसैगरी विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मानव अगंको सफल प्रत्यारोपणले नागरिकको जीवनलाई गुणस्तरीय बनाइ विरामीको उपचारमा सहज पु¥याउने बताए ।
अंग दान एउटा महान मानविय कार्य भएकोले मृत्यु पश्चताव डढेर र गलेर जाने अंगले अरुको जीवन बचाउन सकिने भएकोले स्थानीय स्तरमा जनचेतना फैलाउनुपर्ने उनले बताए ।
एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड टेण्डल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले मानव अंग प्रत्यारोपणको लागि निजी क्षेत्र र सरकारसँग सहकार्य गरेर अगाढी बढने बताए । आधुनिक र समय सापेक्ष प्रविधिको अवलम्बन गरी थप गुणस्तरीय सेवा प्रवाहको लागि सरकारी निकायसँग निजी क्षेत्रले हातेमालो गरेर अगाडी बढन तयार रहेको उनले बताए । मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले अंगदानलाई प्रोत्साहान गरेर दुर्घटना ग्रस्त जिवनलाई बचाउनुपर्ने बताए । त्यसको लागि अंगदानको लागि जनस्तरमा जनचेतना जोगाउनुपर्ने उनले बताए ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ आफन्तले ‘ब्रेन डेथ’ भइसकेका व्यक्तिको अंग निकाल्न स्वीकृति नदिँदा संकलन गर्न अफ्ठेरो परेको बताए । ‘अहिलेको संख्या अत्यन्त कम हो । मस्तिष्क मृत्युबारे आफन्तलाई बुझाउन गाह्रो छ । खरानी भएर जाने अंग दिनु न, यसले अरूको ज्यान बचाउन सहयोग गर्छ भन्दा पनि उहाँहरू मान्नु हुन्न । यसबारे जागरुकता अभियान जरुरी छ ।’


नेपालमा मस्तिष्क मृत्युसम्बन्धी बलियो ऐन बनिसकेको छ । तर कार्यान्वयन पक्ष फितलो हुँदा अनुमान गरेअनुसारको सफलता प्राप्त भएको छैन । ऐनमा व्यवस्था भएअनुसार कार्यान्वयन पक्ष प्रभावकारी हुने हो भने अंग प्रत्यारोपणमा क्रान्ति आउने डा श्रेष्ठको भनाइ छ । नेपालमा अंंग प्रत्यारोपण सुरु गर्न सरकारले ‘मानव शरीरको अंग प्रत्यारोपण ऐन–२०५५’ जारी गरेको थियो ।
२०७२ सालमा ऐनको पहिलो संशोधन पछि मस्तिष्क मृत्यु भएका व्यक्तिबाट जीवित व्यक्तिमा अंगदान गर्न पाउने नयाँ व्यवस्था मिलाएको छ । कार्यक्रममा कोशी प्रदेशकी स्वास्थ्य सचिब डा.सुधा देवकोटा, स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेललगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्