विद्यार्थी र अभिभावकलाई एभरेष्टको सम्मान

<span class='c1'>विद्यार्थी र अभिभावकलाई</span> <span class='c2'>एभरेष्टको सम्मान</span>

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले एसइई परिक्षा उत्तिर्ण गर्ने विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ ।

एभरेष्ट कलेज परिसरमा ‘एसइई ग्रयाजुएसशन सेरेमोनी’ को आयोजना गरि विद्यालयले विद्यार्थी र अभिभावकलाई सम्मान गरेको हो । २०७९ सालको एसइई परिक्षाफल बिहिबार सार्वजनिक भएको थियो। उक्त विद्यालयबाट १६६ जना विद्यार्थीले एसइई परिक्षा दिएका थिए । तीमध्ये ७५ जनाले ३.६१ देखि माथि जीपीए ल्याएर उत्तिर्ण गरेको एभरेष्ट स्कुलले जनाएको छ ।

७० जनाले ३.२ देखि ३.६ जीपिए र २.८ देखि ३.२ सम्मको जीपिए ल्याएर २१ जना विद्यार्थी उत्तिर्ण भएको विद्यालयका सहप्राचार्य टीएन भण्डारीले जानकारी दिए । विद्यालयका प्राचार्य टिकाराम पुरीले विद्यार्थीले सफलता प्राप्त गर्नुमा अभिभावकको समेत ठूलो योगदान रहेको भन्दै आभार व्यक्त गरेका थिए।

एभरेष्ट कलेजका सहायक क्याम्पस प्रमुख नारायण कडरियाले एभरेष्ट कलेजले शैक्षिक गुणस्तर र विद्यार्थीको सर्वाङ्गिण विकासका निम्ति अपनाइरहेका विविध पक्षका विषयमा अभिभावक तथा विद्यार्थीलाई जानकारी गराएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुलाई अबिर खादा र प्रशंशापत्रले सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकाल, कलेजका विभिन्न संकायका प्रमुख, शिक्षक तथा कर्मचारीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्