सुजता लिम्बू
विराटनगर । तत्कालिन माओवादी सशस्त्र विद्रोहलाई फर्किएर हेर्ने हो भने झण्डै १२ वर्ष समानताको नारा दिएर विद्रोहको ठूलो आवाज चर्कियो । नातावाद, कृपावाद, सामन्तवादको विरोधीको नाम दिँदै जनयुद्धको नाम दिएर १२ वर्ष मुलुकमा माओवादी शसस्त्र जनयुद्ध चर्किदै जाँदा नेपाल आमाको काखबाट १७ हजार सन्तानले देहत्याग गर्न परेको थियो ।
त्यही संख्यामा घाइते र अपाङ्गता भएकाहरु भोलीको जीवन सुन्दर होला भन्ने अपेक्षासहित बाँचिरहेका छन् । त्यति मात्रै होइन शसस्त्र द्धन्द्धको समय राज्यपक्ष र विद्रोह पक्षका बेपत्ता पारिएका योद्धाहरुको संख्या पनि उतिकै छ । जुन अझै पनि गुमेको परिवार फेरि फर्किएर आउलान भन्ने आसमा दैनिक जस्तो दोबाटो कुर्दै आँखा रुझाउँदा हुन् । जसको पीडाको गणना हुन अझै बाँकी छ । उनीहरु युद्ध लड्ने लाल थिए ।
समाजमा भएका धनिगरिब, जातजाति भाषाहरुको असमानताको खाडल पुरेर समग्र राज्य प्रणालीलाई समतामूलक बनाउने माओवादीले गरेको प्रण पछिल्लो समय बिर्सिए जस्तो देखिएको माओवादी केन्द्र आवद्ध नेता तथा कार्यकर्ताहरु बताउदै आइरहका छन् ।
आफ्नो परिवार भित्रका नातेदार बाहेक द्धन्द्धका समयमा योगदान दिएकाहरुको पसिनाको कुनै मुल्य नबुझेको नेता कार्यकर्ताहरुको गुनासो रहेको छ । जुन आरोप अहिले पनि मेट्न सकिएको छैन । अघिल्लो हिक्कमत कुमार कार्की नेतृत्वको सरकार रहँदा समेत पर्यटन, बन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालिसकेका जीवन आचार्यले आलोचना र विरोध खेपेका थिए । फेरिएको समिकरण अनुसार उद्धव थापा मुख्यमन्त्री नेतृत्वको सरकारमा समेत आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । त्यसको विरोध समेत सर्वत्र सुरु भएको छ । पाँचजना मन्त्रीको विभाग तोक्न बाँकी रहेँदै आचार्यले मन्त्रालयसहितको नियुक्ति लिएपछि माओवादी भित्र यसको बहस घनिभूत भएको हो । यति मात्रै नभई विद्रोहका बेला अध्यक्षलाई साथ दिने नेता कार्यकर्तामा भने निरासापना छाएको छ ।
दोस्रो कार्याकालका लागि यात्रा तय गरेका उदयपुरका नारायण वुर्जा मगरलाई मन्त्री नबनाएपछि प्रदेश सांसदबाट राजीनामा दिने तयारी गरिसकेका छन् । उनले आफ्नो आशय पनि सार्वजानिक गरिसकेका छन् । त्यसो त उनी पहिलो कार्याकालमा नै मन्त्री बन्ने लाइनमा थिए तर अघिल्लो कार्याकालमा पनि उनको मन्त्री बन्ने सपना पुरा हुन सकेन । दोस्रो कार्याकालमा भने मन्त्री हुने चाहाना राखेका मगरको चाहाना यसैउसै सिमित रहयो । उनले आफू र आफ्नो निर्वाचन क्षेत्रका मतदातामाथि बारम्बार अन्याय भएको बताएका छन् । उनले आफू दुईदुई पटक निर्वाचन जित्दा पनि पार्टीले न्यायोचित मुल्याङ्कन नगरेको र कोशी प्रदेश सरकार गठन प्रति आफेनो विमति रहको बताए । उनले भनेका छन्,‘यसै कुरालाई मध्यनजर गर्र्दै आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासँग मरामर्श गरेर प्रदेशसभा सदस्य पदबाट समेत राजिनामा दिनेमनसाय बनाई सकेको छु ।’ त्यसो त आइतबारको मन्त्रिपरिषद् विस्तारमा उनी मात्रै नभएर अन्य सांसदहरुले पनि असन्तुष्टि व्यक्त गरेका थिए ।