लोकसेवा डेन्टलको चौथो बार्षिक उत्सवमा विविध कार्यक्रम

<span class='c1'>लोकसेवा डेन्टलको चौथो बार्षिक</span> <span class='c2'>उत्सवमा विविध कार्यक्रम</span>

विराटनगर । विराटनगर ५ बरगाछीमा रहेको लोकसेवा डेन्टल क्लिनिकको चौथो वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम गरेको छ ।
चौथो बार्षिक उत्सवको अवसर पारेर लोकसेवा डेन्टलले वन विराटनगर वन कार्यलय छेउमा रहेको मानवसेवा आश्रममा खानाको साथै स्वास्थ्य शिविरको कार्यक्रम गरेको छ ।


डेन्टलले आश्रममा आश्रित वृद्धवृद्धाहरुलाई एकछाक खाना खुवाउनुका साथै सम्पुर्ण आमाबुबाहरुको निशुल्क दन्त चेक जाँच तथा उपचार गर्ने लोकसेवा डेन्टलका संचालक तथा डा. पवन मेहताले जानकारी दिए ।
चौथो वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रममा आश्रीत बुबाहरुलाई आज एकदिनको खाना खुवाएका छौँ,‘आगामी दिनमा आश्रममा बस्नु भएका अन्य आमाबुबा सबैको निशुल्क उपचार सेवा प्रदान गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छौँ ।’
आश्रममा भएको कार्यक्रममा लोकसेवा डेन्टलमा कार्यरत डा. पवन मेहता , डा. आयुसी अधिकारी, डा. रिजवान अलि, लगायत अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । लोकसेवा डेन्टलले विगत ४ बर्षदेखी दाँत सम्बन्धी सर्वसुभल र गुणस्तरीय  उपचार सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्