सबैको प्रयासले मात्रै विराटनगर भावीपुस्ताले गर्व गर्न लायक बनाउन सकिन्छ : मेयर कोइराला

<span class='c1'>सबैको प्रयासले मात्रै विराटनगर भावीपुस्ताले गर्व गर्न</span> <span class='c2'>लायक बनाउन सकिन्छ : मेयर कोइराला</span>

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर बनाउने दायित्व र जिम्मेवारी हरेक महानगरवासीको भएको बताउनुभएको छ ।

विराटनगरस्थित सन्सारीमाईस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद मास्केले निर्माण गरेको एकतले भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले हरेक महानगरवासीको साथ र सहयोगले मात्रै विराटनगरलाई भावीपुस्ताले गर्व गर्न लायक बनाउन सकिने बताउनुभयो ।

उहाँले सबैको सामूहिक प्रयास र प्रयत्नबाट मात्रै विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउन सकिने विचार राख्नुभयो । “आफ्नो घर अगाडि सफा राख्ने, समयमै कर तिर्ने, निर्माणका काममा कतै कमीकमजोर भएका छन् भने खबरदारी गर्ने दायित्व महानगरवासीको पनि हो,” मेयर कोइरालाले भन्नुभयो, “मेरो हैसियत र महानगरवासीको हैसियत एउटै हो । म अहिले मेयर छु । म पनि यहींको बासिन्दा हुँ ।”

विराटनगर बनाउन महानगरवासी आ-आफ्नो ठाउँबाट जागरुक हुनु जरुरी रहेको उल्लेख गर्नुभयो । पसल र घर अगाडि हरेकले दुईवटा गमला राख्ने हो भने महानगरले परिकल्पना गरेको सुन्दर विराटनगर हुने उहाँको भनाइ थियो । महानगरसित सीमित स्रोत साधनका कारण धेरै काम गर्ने चाहना हुँदाहुँदै पनि गर्न नसकेको प्रस्ट पार्नुभयो । उहाँले कृष्णप्रसाद मास्केको जस्तै खुल्ला हृयद हुने हो भने विराटनगर बन्न धेरै समय नलाग्ने बताउनुभयो ।

कार्यक्रममा समाजसेवी मणिकुमार अज्र्याल, राजेश मास्केलगायतले मन्दिरको संरचना र सम्वद्र्धमा सहयोग गर्न महानगरसित आग्रह गर्नुभएको थियो । सन्सारीमाई मन्दिर पूर्व निर्मित भवनमा जमरा राख्ने, ज्येष्ठ नागरिक भेटघाट तथा मनोरञ्जन, विवाहलगायतका कार्यमा प्रयोग गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्