सिटिईभीटी इटहरीको वेवसाईटमा क्यासिनो र ग्याम्लिङ्ग धन्दा

<span class='c1'>सिटिईभीटी इटहरीको वेवसाईटमा क्यासिनो</span> <span class='c2'>र ग्याम्लिङ्ग धन्दा</span>

विराटनगर । डिजिटल प्लेटफर्ममार्फत् अवैध जुवामा लगानी गर्न आग्रह गर्ने ‘वान एक्स वेट’ लाई सरकारले प्रतिबन्ध लगाएपनि सरकारी वेवसाईटमा समेत यस्तो कार्य रहेको पाइएको छ । विज्ञापन नियमन ऐन विपरीत यस्तो कार्य सरकारी डिजिटल प्लेटफर्मबाट खुलेआम भईरहेको पाइएको हो ।

प्रहरीले केहिदिन अगाडी मात्रै सानो पर्दाका कलाकार र केहि युटुबरलाई अवैध ‘वानएक्स बेट’ प्रोत्साहन आरोपमा पक्राउ गरेको थियो । उनीहरु विरुद्ध अनुसन्धान भईरहेको बेला प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सिटिईभीटी) प्रदेश कार्यालय सुनसरीको वेवसाईटमा क्यासिनो लगायतको विज्ञापन भईरहेको पाइएको छ ।

यस्तो विज्ञापन सम्बन्धित कार्यालयका जिम्मेवार कर्मचारीलाई जानकारी नै नभई भएको पनि हैन । सिटिईभीटीका सुचना अधिकारी नारद राईले सरकारी वेवसाईट डेभ्लोपरले दुरुपयोग गरिरहेको दावी गरेका छन् । कार्यालयका निर्देशकदेखि केन्द्रीय कार्यालयमा समेत जानकारी भएपनि यो हटाउन सकिएको छैन । ईटहरी कार्यालयका सुचना अधिकारी राईका अनुसार वेवसाइड डेभ्लोपरलाई भुक्तानी गर्नुपर्ने रकम बुझाउन नसक्दा क्यासिनो तथा अन्य विभिन्न अवैध गेमिङलगायतको विज्ञापन गरेर पैसा असुल्दै आएको छ ।

सिटिईभीटीको वेवसाईटबाट भईरहेको यो कार्य अवैध जुवाजन्य धन्दा मानिन्छ । यसका त्यहाँका कर्मचारीको मिलेमतो समेत रहेको आशंका गरिएको छ । डेभ्लोपरलाई बुझाउनु पर्ने पैसा भुक्तानी नगरेर विज्ञापनमा मिलेमतो गरेको आरोप कतिपयले लगाएका छन् । वान एक्स वेटले गरेको कार्य विज्ञापन नियमन ऐन, २०७६ को दफा ५ को उपदफा (१) को खण्ड (ख) को व्यवस्था विपरीत हुन्छ । विज्ञापन बोर्डले ‘वान एक्स वेट’ का गतिविधि बन्द गर्न, डिजिटल प्लेटफर्ममा राखिएका विज्ञापन तथा प्रमोशनल भिडियो हटाउन यस अगाडी बारम्बार निर्देशन दिदैं आएको छ ।

‘वान एक्स वेट’ले विभिन्न खेलको पूर्वानुमान गर्न आग्रह गर्दै डिजिटल प्लेटफर्ममार्फत् जुवामा लगानी गर्न लगाउँछ । सिटिईभीटीको वेवसाईटमा समेत ठ्याक्कै यस्तै कुरा राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्