विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सुरू भएको ट्राफिक सप्ताह कोशी प्रदेशमा सम्पन्न भएको छ । १४ जिल्ला रहेको प्रदेशमा हप्ताभरी जनतेचना मुलक कार्यक्रम आयोजना गरी ट्राफिक सप्ताह सोमबारबाट सम्पन्न सकिएको छ ।
ट्राफिक सप्ताहको उद्घाटन असार १९ गते विराटनगरमा एक भव्य कार्यक्रम आयोजना गरी शुभराम्भ भएको थियो । सप्ताह उद्घाटन भएपछि मोरङ ट्राफिक प्रहरीले पनि हप्ताभरी मोरङ जिल्ला सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले हप्ताभरी विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुनिल कुमार श्रेष्ठले जानकारी दिए । मोरङका १७ वटा स्थानिय तहहरुमा पुगेर ट्राफिक सचेतना मुलक कार्यक्रम गरिएको उनले बताए ।
पहिलो दिन प्रभातफेरी गरी सप्ताहको उद्घाट गरिएको थियो । सप्ताहको दोस्रो दिन तिब्र गति नियन्त्रण तथा पार्किङ निषेध क्षेत्रलाई कार्यान्वयन, पैदलयात्रीहरुलाई सुरक्षित सडक प्रयोग (जेब्राक्रस तथा सडकपेटीको प्रयोग) तथा चालकहरुलाई जेब्राक्रसमा सवारी चलाउँदा अपनाउनुपर्ने सावधानी सम्बन्धमा आवश्यक प्रशिक्षण कार्यक्रम संचालन गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । सोही दिन चालकको सवारी चालक अनुमति पत्र तथा सवारी साधनसँग सम्बन्धित कागजपत्रको नविकरण तथा विमा गर्न लगाएको थियो ।
यसैगरी तेस्रो दिन मोटरसाईकल चालकलाई प्रशिक्षणर लेन अनुशासनको पालना प्रशिक्षण गराएको उनले बताए । सोही दिन बिभिन्न बिद्यालय तथा कलेजमा अध्ययनरत छात्र छात्राहरुलाई ट्राफिक सचेतना मुलक प्रशिक्षण गराएको, फुटपाथ – सडक अतिक्रमण गरी राखिएका सवारी साधन (अव्यवस्थित पार्किङ) तथा व्यापारिक प्रयोजनका सामाग्री एवं निर्माण सामाग्री हटाइएको, सडकमा भएका खाल्डा खुल्डिहरुलाई सरोकारवालाहरुसँगको समन्वयमा मर्मत गर्न लगाएको उनले बताए ।
यसैगरी चौथो दिन सिटी, ई–रिक्सा तथा स्कूल बसलाई प्रशिक्षण गराएको, सार्वजानिक यातायतमा आरक्षण सिट कार्यान्वयन भए नभएको अनुगमन गरिएको थियो । अशक्तहरुलाई सवारी साधनको प्रयोगमा प्राथमिकता दिन लगाएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
यस्तै पाँचौ दिन चालकको स्वास्थ्य जाँच र सवारीको यान्त्रिक चेकजाँच, स्थानिय मोटर ग्यारेजहरुसँग समन्वय गरी सवारी साधनको मेकानिकल चेकजाँच, बसपार्क, सिटी स्टेण्ड, म्याजिक स्टेण्ड तथा अन्य सवारी साधन पार्किङ गरेर राखेको स्थानमा चालक तथा सहचालकलाई प्रशिक्षण कार्यक्रम गरिएको थियो ।
यस्तै छैटौ दिन सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी चलाए नचलाएको पत्ता लगाउन लापसे अभियान सुरु गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सुरु भएको लापसे अभियानलाई निरन्तरा दिएर अगाडी बढाउने उनले बताए ।
अन्तिम सातौं दिन ट्राफिक प्रहरी कार्यालयमा हप्ताभरी आयोजना गरिएको कार्यक्रमको समिक्षा गर्दै सप्ताह कार्यक्रम समापन गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।