विराटनगरमा मेहन्दी किन्न गएकी सात वर्षीया बालिकालाई यौन दुव्र्यवहार

<span class='c1'>विराटनगरमा मेहन्दी किन्न गएकी सात</span> <span class='c2'>वर्षीया बालिकालाई यौन दुव्र्यवहार</span>

विराटनगर । विराटनगर महानगरपालिका ५ कोचाखालमा ७ बर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

घर नजिकै रहेको किराना पसलमा मेहन्दी किन्न पुगेकी ती बालिकालाई पसल सञ्चालक ३६ वर्षीय गुमेश्वर प्रसाद राउतले अनैतिक क्रियाकलाप गरेको आरोपमा मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो ।

ती बालिकाकी दिदीले आईतबार बिहान मेहन्दी किनेर ल्याउनु भनेर पठाएकी थिईन् । बालिका पनि मेहन्दी किन्न भनेर राउतले संचालन गरेको पसलमा पुगिन् ।

पसलमा पुग्न साथ ती बालिकालाई काखमा च्यापेर संम्वेदनशील अंगहरुमा हात हालेर नराम्रो कार्य गरेको आरोप छ । पीडितकि आमाले छोरी रुदै घरमा पुगेपछि घटना जानकारी भएको बताइन् ।

घटना लगतै राउत पीडितको घरमा नै पुगेर आमासँग माफी मागेको थिए । राउतलाई भने स्थानीयले नियन्त्रणमा लिएर कुटपिट समेत गरेका थिए । राउतको शरिरका विभिन्न अंगहरुमा चोटपटक समेत लागेको छ ।

यौन दुव्र्यवहारको आरोप लागेका राउतलाई तत्काल वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धानलाई अगाडी बढाएको छ ।
पीडित पक्षले आईतबार जिल्ला प्रहरी कार्यालय मोरङ दिएको किटानी जाहेरीको आधारमा पक्राउ गरी अनुसन्धानलाई अगाडी बढाएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रंजन कुमार दाहालले बताउनुभयो ।

घटना भएको सुचना प्राप्त भएसँगै तत्काल घटना स्थलमा प्रहरी पठाई त्यहाँ मुचुल्का सबै तयार पारेका छौँ । पिडित पक्ष र स्थानीयवासीसँग पनि सोधपुछ भईरहेको अहिले हामी प्रारम्भिक रुपमा घटनालाई छ । पक्राउ परेका व्यक्तिलाई सोमबार जिल्ला अदालतबाट ५ दिनका लागी म्याद थप गरी अनुसन्धानको पाटोलाई अगाडी बढाएको प्रवक्ता दाहालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्