अनाहाकमा साइकल यात्रुलाई मुक्का हानेपछि……

अनाहाकमा साइकल यात्रुलाई मुक्का हानेपछि……

विराटनगर । पछिल्लो समय एउटा भिडियो सार्वजनिक भएको छ जहाँ निलो टि–सर्ट लगाएका युवाले साइकल यात्रीलाई मुक्का हानेर सडकमा ढालिएको दृष्य देख्न सकिन्छ ।

रातको समयमा उतर दक्षिण कोशी राजमार्गमा गाडीबाट ओर्लिएर कुद्दै मुक्का हान्दा ती साइकल यात्रु सडकमा ढलेका छन् । र उनलाई तीनै निलो टिसर्ट लगाएको युवाले घिसारेर सडकको एका तर्फ छोडेर उनी आफ्नो गन्तव्य तर्फ लाग्छन् ।

यो असार १९ गते विराटनगर-४ स्थित दुधफारम अगाडी भएको घटना हो । साइकल यात्रु विराटनगर-६ बस्ने पवन शाह रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिट गर्ने विराटनगर –४ ढाँटका १९ वर्षीय आयुष भेटवाल रहेका छन् ।

साइकल यात्रु शाहलाई घटनास्थलबाट प्रहरी र स्थानीयको सहयोगमा उपचारको लागि कोशी अस्पताल पु¥याईएको थियो । प्रहरीले सो घटना सोही स्थानमा रहेको सिसिटिभि फुटेजमा रेकर्ड भएको भिडियोको आधारमा खोजतलास गर्दा आयुष भेटवाल भन्ने खुल्न आएको थियो ।

उनलाई घटना भएको १० घण्टामा प्रहरीले घरैबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार भेटवाललाई म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।

‘कुट्ने मुख्य मान्छेलाई हामीले नियन्त्रणमा लिइसकेका छौँ, ज्यान मार्ने उद्योगमा उजुरी आएको छ सोही अनुसार म्याद थप गरी अनुसन्धान अगाडी बढाएका छोँ, उनले भने, दुईजनाले हातपात गरिएको देखिदैन यद्यपि खोजतलास भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्