९८ जना बचतकर्ताको ७४ लाख ठगी गर्ने तीनजना कारागार चलान

<span class='c1'>९८ जना बचतकर्ताको ७४ लाख</span> <span class='c2'>ठगी गर्ने तीनजना कारागार चलान</span>

विराटनगर । बचतकर्ताले सहकारीमा जम्मा गरेको रकम अपचलन गरेको अभियोगमा सहकारीका अध्यक्ष, व्यवस्थपक र लेखा सहायक पूर्पक्षका लागि कारागार चलान भएका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिका ६ स्थितमा रहेको सुनदह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लालबहादुर भण्डारी, व्यवस्थापक राजेन्द्र तामाङ र लेखा सहायक विश्वनाथ चौधरी कारागार चलान भएका हुन् ।

२०७९ सालको चैत्र महिनाबाट व्यवस्थापक पदमा कार्यरत वर्ष ४४ मन तामाङ र लेखा सहायक पदमा कार्यरत वर्ष ४६ को विश्वनाथ चौधरी तथा अध्यक्ष पदमा कार्यरत वर्ष ४५ को लाल बहादुर भण्डारीले तारा खड्का समेत ९८ जना बचतकर्ताहरूको जम्मा ७४ लाख १९ हजार ८ सय ७ रुपैयाँ रकम हिनामिना तथा ठगी गरेको कसूरमा प्रहरीले पक्राउ गरेको थियो ।

ईलाका प्रहरी कार्यालय पथरीले प्रतिवादीहरूलाई पक्राउ गरी ठगी सम्बन्धि कसूरमा अनुसन्धान पश्चात सम्मानित मोरङ जिल्ला अदालतको आदेशले तीनैजना प्रतिवादीहरू पुर्पक्षको लागि कारागार चलान भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्