ग्रिनल्याण्ड कलेज विराटनगरमा प्रवेश परीक्षा , दुई हजार बढिले परीक्षा दिए

<span class='c1'>ग्रिनल्याण्ड कलेज विराटनगरमा प्रवेश परीक्षा ,</span> <span class='c2'>दुई हजार बढिले परीक्षा दिए</span>

विराटनगर । विराटनगरको ग्रिनल्याण्ड कलेजमा कक्षा ११ को लागि प्रवेश परीक्षा सम्पन्न भएको छ ।

कलेजमा मंगलबार भएको परीक्षामा साईन्स, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विद्यार्थीहरुले परिक्षा दिएका थिए ।

उक्त प्रवेश परिक्षामा दुई हजार २ सय ७ जनाले परिक्षा दिएको कलेजले जनाएको छ।

कलेजले विभिन्न छात्रवृति समेत प्रदान गर्ने जनाएको छ । आज भएको प्रवेश परिक्षाको नतिजा आजै राति ७ बजे प्रकाशित हुने ग्रीन ल्याण्ड कलेजका प्रिन्सिपल दिपक पोखरेलले जानकारी दिए।

कलेजले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा दिदै आएको छ । कक्षा ११ बाटै बिभिन्न तालिमका अवसरहरु विद्यार्थीहरुलाई प्रदान गरेर विद्यार्थीको क्षमता अभिवृद्धिका लागि कलेजले शिक्षा दिदै आएको छ ।

कलेजमा पुर्णकालिन तथा अनुभवी शिक्षकको व्यवस्थाले कलेजमा गुणस्तरिय शिक्षा दिन सफल भएको कलेजको भनाइ छ ।

उत्कृष्ट पुर्वाधार, उत्कृष्ट शिक्षण विधिको कारण नै प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल यस ग्रिनल्याण्ड कलेजमा प्लस २ मा साईन्स, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा भर्ना खुलेको कलेजले जनाएको छ।

यसबर्ष बिद्यार्थीहरुको रोजाईमा कलेज पर्न सफल भएको कलेजको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्