आवर विराटनगरका सम्पादकसहित चारजना पत्रकार पुरस्कृत

<span class='c1'>आवर विराटनगरका सम्पादकसहित</span> <span class='c2'>चारजना पत्रकार पुरस्कृत</span>

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको १२ औँ स्थापना दिवसको अवसरमा चार पत्रकार पुरस्कृत भएका छन् ।

सहकारी संस्थाले सोमबार एक कार्यक्रमको आयोजना गरेर अग्रज पत्रकार प्रमोद प्रधान, गोरखापत्र दैनिकका रंगेली सम्बाददाता तथा आवर विराटनगरका सम्पादक नवराज कट्टेल, मकालु टेलिभिजनका सह-सम्पादक सन्तोष सिग्देल र नेपाल टाइम्स अनलाइनकी कार्यक्रम संयोजक रन्जिता पोखरेललाई पुरस्कृत गरिएको हो ।

 

प्रधान तोरेन्द्र–इन्दिरा प्रधान प्रेस स्वतन्त्रता सम्मानबाट सम्मानित भएका हुन् । डा.संझना प्रधानले आफ्ना बुबा वरिष्ठ समाजसेवी तोरेन्द्रमानसिंह प्रधान र आमा इन्दिरा प्रधानको नाममा राखेको सो पुरस्कारको राशि ५१ हजार रहेको छ ।
कट्टेललाई २०७५ सालदेखि प्रदान गर्न सुरु गरिएको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् । समाजसेवी दीनवन्धु गोयलले आफ्ना दाजुको नाममा राखेको सो पुरस्कारको राशि ५० हजारको रहेको छ । यसभन्दा अगाडि सो पुरस्कार इलामका पत्रकार भीम चापागाईं, काठमाडौंका पत्रकार गजेन्द्र बुढाथोकी, विराटनगरका पत्रकार अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ र मोहन मान्नधरलाई प्रदान गरि सकेको छ ।

यस्तै २०७९ सालको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार पत्रकार सिग्देललाई प्रदान गरिएको हो । यसभन्दा अगाडि सो पुरस्कारबाट पत्रकार कुमार लुइटेल, मोहन मानन्धर, उद्धव घिमिरे, अभय राई, देवनारायण साह, मोहम्मद सदरुल, तारा आचार्य र बाबुराम भण्डारी पुरस्कृत भैसकेका छन् । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष दीपक दाहालसहित दाहाल परिवारद्वारा स्थापित मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार मोरङ जिल्ला कार्यक्षेत्र भएका सञ्चार श्रमजीवी भई उत्कृष्ट कार्य गर्ने एक जनालाई प्रत्येक वर्ष २१ हजार नगद राशिसहित सम्मान गरिदै आएको छ ।

यस्तै पत्रकार पोखरेल २०८० सालको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत भएकी हुन् । सो पुरस्कारको राशि १० हजार रहेको छ । यस अघि सो पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई , बिनु तिम्सिना, ज्योती चौहान, उमा पोखरेल, राजकुमारी तामाङ, एलिना दियाली र उषा सरदार पुरस्कृत भैसकेका छन् । मीनादेवी श्रेष्ठ महिला पत्रकारिता पुरस्कार कोशी प्रदेसमा बसी कार्य गरिरहेका महिला पत्रकारलाई मात्र प्रदान गरिदै आएको छ । पुरस्कृत पत्रकारहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला, प्रमुख जिल्ला अधिकारी विरेद्र साह , मोरङ प्रहरी प्रमुख दिपक पोखरेल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्