विराटनगरमा दोस्रो संस्करणको एसईइ कप फुटबल प्रतियोगिता २०८० हुने

विराटनगरमा दोस्रो संस्करणको एसईइ कप फुटबल प्रतियोगिता २०८० हुने

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता २०८० विराटनगरमा हुने भएको छ ।

सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा विराटनगरमा असार ३० गतेदेखि सुरु भई साउन ८ गतेसम्म फुटबल प्रतियोगिता सम्पन्न हुनेछ ।

युवा तथा बालबालिकाहरुलाई लागु औषध तथा कुलतबाट टाढा राख्दै फुटबलको मोहलाई बढाउन प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक बिक्की कार्कीले जानकारी दिए। प्रतियोगितमा मोरङ र सुनसरीका गरी ४५ वटा विद्यालयको सहभागी रहेको आयोजकले जनाएको छ । विराटनगर १ स्थित डन बस्को स्कूलको खेल मैदानमा प्रतियोगिता हुने कार्यक्रम संयोजक कार्कीले बताए।

उक्त प्रतियोगिताको मुख्य प्रायोजक रुपमा एसएमएल,इसुजु रहेको छ। भने सहयोगीमा विराटनगर सिटी फुटबल क्लब,विराट नर्सिङ होम,अर्किट कलेज,ग्लोबल आइएमई बैंक र अन्नपूर्ण सिमेन्ट रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको संरक्षणको रुपमा प्रदेश खेलकुद विकास बोर्ड रहेको छ। साथै मिडिया पाटनरको रुपमा आवर विराटनगर र अर्विट स्पोर्टिङ रहेको छ।

प्रतियोगिताको विजेताले नगद,प्रमाणपत्र,मेडल,शिल्डको व्यवस्था रहेको छ। भने सर्वोकृष्ट खेलाडीलाई स्पोर्टिङ साइकल पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ। विराटनगरको प्रतियोगिता भएकाले यस प्रतियोगितालाई सभ्य र भव्य बनाउनका लागि सम्पूर्ण विराटनगरबासी तथा फुटबल प्रेमीलाई आयोजकले आग्रह गरेको छ।

पहिलो संस्करणको एसईइ कप अन्तर विद्यालयस्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता –२०७९ को उपाधी जेभियर्स ईग्लिस बोर्डिङ्ग स्कूल टंकीसिनुवारीले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्