विराटनगरमा अब ठुला सवारी साधनमा पनि ‘व्हिल लक’ लगाउदै ट्राफिक प्रहरी

विराटनगरमा अब ठुला सवारी साधनमा पनि ‘व्हिल लक’ लगाउदै ट्राफिक प्रहरी

विराटनगर। मोरङ ट्राफिक प्रहरीले अब ट्राफिक नियम उल्लंघन गर्ने ठुला सवारी साधनमा पनि ‘व्हिल लक’ लगाउन सुरु गरेको छ ।


भारतबाट आएका ठुला सवारी साधनहरूले जथाभावी पार्किक गरी सवारी अवगमन अस्तव्यस्त गराउन थालेपछि पार्किङ निषेध गरेको क्षेत्रमा राखिएको ठुला सवारी साधनलाई ‘व्हिल लक’ लगाएरकारवाहीको दायारमा ल्याउन सुरू गरिएको हो ।


कोशीप्रदेशको राजधानी रहेको शहर विराटनगरमा जथाभावी सवारी साधन पार्किङ गरेको कारणलेसवारी अवगमन अस्तव्यस्त हुने गरेको छ । सवारी अवगमन सहज बनाउने उद्देश्यले तोकिएकोपार्किङ स्थलभन्दा बाहिर गएर पार्किङ गरिएका सवारी साधनलाई व्हिल लक लगाएर कारवाहीकोदायारमा ल्याउन सुरू गरिएको मोरङ ट्राफिक प्रहरी प्रमुख सुनिल कुमार श्रेष्ठले जानकारी दिए । ‘भारतबाट आएका मालवक सवारी साधनहरूले जथाभावी रूपमा पार्किङ गरेर सवारी आवगमन अस्तव्यस्त बनाएको पाइएको छ ।


सवारीको अवगमन सहज बनाउन नो पार्किङमा ठुला सवारी साधन राखिएको पाइए व्हिल लक लगाएर कारवाहीको दायारमा ल्याउनेछौं,’ ट्राफिक प्रहरीनिरीक्षक श्रेष्ठले भने, ‘यो अभियान जिल्लाभरी कडाइको साथ सुरू भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्