सप्तकोशी नदीमा ट्रक खस्यो

सप्तकोशी नदीमा ट्रक खस्यो

विराटनगर । सप्तकोशीको पुलमा बस र ट्रक एकआपसमा ठोकिँदा ट्रक नदीमा खसेको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक एकआपसमा ठोक्किदा ट्रक नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ट्रक कोशी ब्यारेजको ९ र १० ढोकाबाट सप्तकोशी नदीमा खसेको जिल्ला कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले जानकारी दिए ।

उनका अनुसार आज विहान करिब ७:४५ को समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रक एकआपसमा ठोक्किदा ट्रक सप्तकोसी नदीमा खसेको हो । दुर्घटनामा कुनै पनि खालको मानविय क्ष्यति नभएको जानकारी दिँदै उनले नदीमा खसेको ट्रक हराएको उनले बताए ।

‘बसको खासै ठूलो क्ष्यति भएको छैन, ट्रक चाहीँ नदीमा वेपत्ता छ त्यसको खोजी कार्य भईरहेको छ ,’ उनले भने,‘ ट्रक भित्र रहेको ३ जनालाई हामीले स्थानियको समन्वयमा तत्काल उद्धार गरेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्