शिक्षा सदन माध्यमिक विद्यालयका शिक्षक रामचन्द्र मण्डलको शैक्षिक प्रमाणपत्र नक्कली

<span class='c1'>शिक्षा सदन माध्यमिक विद्यालयका शिक्षक</span> <span class='c2'>रामचन्द्र मण्डलको शैक्षिक प्रमाणपत्र नक्कली</span>

विराटनगर । श्री शिक्षा सदन माध्यमिक विद्यालय विराटनगरको शिक्षक रामचन्द्र मण्डलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको खुलेको छ ।

मण्डलले विद्यलायमा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंकाल, काठमाण्डौबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

जारी विज्ञप्तिमा उल्लेख गरिएको छ,‘जिल्ला मोरङ, श्री शिक्षा सदन माध्यमिक विद्यालय विराटनगरमा कार्यरत शिक्षक रामचन्द्र मण्डलले पेस गरेका शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज रामचन्द्र मण्डलले शिक्षक पदमा नियुक्तिका लागि मगध, युनिभर्सिटी बोधगयाबाट उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी अस्थाई शिक्षक नियुक्ति भई लाभ सुविधा लिएको साथै सोही अस्थाई शिक्षकको सेवा अवधिको निरन्तरतामा स्थायी पदमा समेत नियुक्त भई लाभ र सुविधा लिएको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्