आफ्नो जन्मदिनको दिन विराटनगरमा बालबालिकाको दन्त परिक्षण तथा दन्त सामग्री वितरण

आफ्नो जन्मदिनको दिन विराटनगरमा बालबालिकाको दन्त परिक्षण तथा दन्त सामग्री वितरण

विराटनगरको कन्चंबारीमा रहेको श्रीआधारभूत बिद्यालयमा नि:शुल्क दन्त शिविर सम्पन्न भएको छ । बिद्यालयमा ओराल चेकअप, टुथब्रस तथा दन्त मन्जन वितरण लगायत दन्तसंग सम्बन्धित जनचेतनामुलक कार्यक्रम सहित शिविर गरिएको हो ।

आफ्नो जन्मदिनको अवसर पारेर विराटनगर पोखरियाकी डा. निश्चाला चौलागाईंले स्कुलका १५० बढी बालबालिका तथा शिक्षक शिक्षिकाको दन्त चेकअप तथा निशुल्क दन्त सामग्री वितरण गरिएको हो ।

स्कुलमा दन्त तथा मौखिक जाँच गराउने र विद्यालयका विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई दन्त स्वास्थ्यसम्बन्धी चेतना जगाउने उद्देश्यले शिविर आयोजना गरेको चौलागाईंले बताइन । फेरी फरक तरिकाले जन्मदिन मनाउने सोचेर उक्त शिविर संचालन गरिएको उनले बताइन ।

यस्ता पहलले मौखिक स्वास्थ्यको बारेमा चेतना जगाउने मात्रै नभएर समुदायको समग्र कल्याणमा पनि योगदान पुग्ने चौलागाईको भनाइ छ ।

यस्ता कार्यक्रमहरूले स्वास्थ्य र निरोगी जीवनको लागि बालबालिकाहरुलाई आफ्नो दाँतको सरसफाइबारे प्रोत्साहित गर्न आवश्यक रहेको शिविरका अर्का डा. बिशेक दाहालले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्